हावाहुरी पीडितहरुलाई ’मा’ ले राहत वितरण गर्दै

राजविराज राजविराज
|
बिहिबार, चैत्र २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हावाहुरी पीडितहरुलाई ’मा’ ले राहत वितरण गर्दै

सारांश

  •     बाराको भलुवही, भरवलिया, पुरैनिया, गम्हरीया, रमपुरर्वा, खटुवालगयातको प्रभावित क्षेत्रमा ‘मा’ को टोलिले सोमबारदेखि बुधबार राति सम्म राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।
  •     भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक एवं युवा नेता ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलिले सोमबारदेखि लगातार बाराका विभिन्न प्रभावित क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग एक सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।
  • भिजिट मधेस नेपालले ‘मा’द्वारा संचालित राहत वितरणमा स्वयंसेवकको रुपमा सहयोग गरिरहेको छ ।

दैनिक समाचारदाता
बिरगन्ज, २१ चैत । 
    बाराका हावाहुरीबाट प्रभावित क्षेत्रहरुका पीडितहरुलाई मधेसी एसोसिएसन ईन अमेरिका (मा) ले राहत वितरण गरेको छ ।
    बाराको भलुवही, भरवलिया, पुरैनिया, गम्हरीया, रमपुरर्वा, खटुवालगयातको प्रभावित क्षेत्रमा ‘मा’ को टोलिले सोमबारदेखि बुधबार राति सम्म राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।
    भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक एवं युवा नेता ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलिले सोमबारदेखि लगातार बाराका विभिन्न प्रभावित क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग एक सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको छ । भिजिट मधेस नेपालले ‘मा’द्वारा संचालित राहत वितरणमा स्वयंसेवकको रुपमा सहयोग गरिरहेको छ ।
    हालसम्म बाराको भलुवही, भरवलिया, पुरैनिया, गम्भरीया, रमपुरर्वा, खटुवा लगयातको प्रभावित क्षेत्रका लगभग एक सय परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामाग्री उपलब्ध गराएका संयोजक सर्राफले जानकारी दिए । अमेरिकाबाट “मा” का बरिष्ठ उपाध्यक्ष सतेन्द्र साहले मधेसलाई आवश्यकता परेको बेला ‘मा’ हरपल सहयोग गर्न तैयार रहेको उनले बताए ।
    त्यसैगरि ‘मा’ का प्रवक्ता प्रमोद (राज) सर्राफले हाल सम्म ‘मा’ले ५ लाख भन्दा पनि बढि रकमको त्रिपाल, सुत्ने म्याट, झुल, बाल्टिन, खाद्यान्न लगयातको राहत सामाग्री उपलब्ध गराई सकेको जानकारी गराए । उनले राहत वितरण कार्यलाई अहिले केहि दिन अझै निरन्तरता दिने जानकारी दिए । सर्राफले आश्यकता अनुसार ’मा’ले पुनर्निर्माण र खानेपानी व्यव्स्थापनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    ‘मा’का नेपाल प्रेस सल्लाहकार तथा वरिष्ठ पत्रकार अनुराग अनन्त, भिजिट मधेसका स्वयंसेवक पकज पटेल, मुन्ना सर्राफ, रवि गुप्ता, स्वास्थ्यकर्मी अनिश कुशवाहा, धिरेन्द्र जैशवाल, विनोद साह, दिप’ बरनवाल, नितेश बरनवाल, श्याम सर्राफ, जय साह, सागर सिंह लगायत २० जनाको टोलिले स्वयम्सेवकको रुपमा राहत वितरणमा सहयोग गरेको र सहयोगको लागि २४ सै घण्टा तैयारी अवस्थामा रहेको भिजिट मधेसका राष्ट्रिय संयोजक सर्राफले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा ः प्रजिअ गौतम
सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा ः प्रजिअ गौतम
मिथिला देवघर साइकल  यात्रा २०७६ साउन २१ देखी
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला