दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले मंगलबार सप्तरीको तीन सरकारी कार्यालयमा छड्के अनुगमन गरेकी छिन् ।
मन्त्री साहले राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र नापी शाखा कार्यालयमा छड्के अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा उनले सेवाग्राहीको काम चुस्त, दुरुस्त ढंगले गर्न निर्देशन दिदै कुनै पनि वहानामा जनतालाई दुःख दिने काम नगर्न कर्मचारीलाई चेतावनी समेत दिइन् ।
प्रदेश सभासद्द्वय सतिशकुमार सिंह, मो. सकिलअली, प्रमुख जिल्ला अधिकारी किरण थापासहित मालपोत कार्यालय पुगेकी मन्त्री साहले त्यहा भइरहेको कामका बारेमा सेवाग्राहीबाट पनि गुनासो सुन्ने काम गरेकी थिइन् ।
मालोपात कार्यालयका प्रमुख केशव झालाई निर्देशन दिँदै मन्त्री साहले सेवा लिन आएका सेवाग्राहीलाई प्रक्रिया पुरा नभएको भए कागजमा लेखेर प्रक्रियाको बारेमा जानकारी दिई पठाउन निर्देशनका साथ अनावश्यक रुपमा झुलाएर दुःख दिने कार्य गर्न नहुने भन्दै सचेत गराएकी थिइन् ।
मालपोतका प्रमुख झाले विगतमा कार्यक्षेत्र कम भएको बेलामा कायम गरिएको ५० जना कर्मचारीको दरबन्दी अनुसार पनि पदपूर्ती नभएको ३५ जनाको भरमा अहिले काम गर्नु परिरहेको जानकारी गराए । उनले अहिले मालपोत कार्यालयको कार्यक्षेत्र बिस्तार भएको अवस्थामा ५० जनाले पनि काम गर्न भ्याई नभ्याई हुने अवस्थामा ३५ जनाले मात्र काम गर्नुपर्दा भइरहेको समस्यातर्फ मन्त्री साहको ध्यानाकर्षण गराएका थिए ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरुले पनि कर्मचारीको अभावमा समस्या भइरहेको कुरा उठाएपछि मन्त्री साहले आवश्यकता अनुसारको जनशक्ति व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् । तीन वटै कार्यालयका प्रमुखहरुले कर्मचारी अभावका कारण काममा समस्या परिरहेको बताए ।
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
सारांश
- मन्त्री साहले राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र नापी शाखा कार्यालयमा छड्के अनुगमन गरेकी हुन् ।
- अनुगमनका क्रममा उनले सेवाग्राहीको काम चुस्त, दुरुस्त ढंगले गर्न निर्देशन दिदै कुनै पनि वहानामा जनतालाई दुःख दिने काम नगर्न कर्मचारीलाई चेतावनी समेत दिइन् ।
- प्रदेश सभासद्द्वय सतिशकुमार सिंह, मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया