दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुर र सप्तरी २ (१) का प्रदेश सभा सदस्य उम्मेदवार सरोज मंडल र (२) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले प्रसार–प्रसारलाई तिब्र बनाएका हुन् ।
जनताको घरदैलोमा पुगेर मत माग्दै सत्ताको लागि नभई संघीयता र संविधानको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेकाले जिताउन आग्रह गरेका छन् । उनले यस क्षेत्रको जनताले दिएको सुझावको आधारमा आफू उम्मेदवारी दिएकोले आफ्नो पक्षमा मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे ।
मधेशीको नाममा सधै ठगेर राजनीतिक गर्ने व्यक्तिहरुलाई यस पालि जनताले निर्वाचन मार्फत जवाफ दिने भन्दै उम्मेदवार ठाकुरले मधेशी माथि सधै अहितमा काम गर्ने पार्टी सँग गठबन्धन गरेर जनतालाई ठग्ने काम बन्द गर्नुपर्ने बताए ।
यस्तै सप्तरी–२ (२) मा प्रदेश सभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उमेश कुमार यादवले हजारौं शहिदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न जनताले यसै गठबन्धनलाई मत दिएर जिताउनुपर्नेमा जोड दिए ।
यसै क्षेत्रका प्रदेश सभा (१) का उम्मेदवार सरोज मंडलले आफू बाचा भन्दा पनि काम गरेर देखाउने बताएका छन् ।
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
सारांश
- प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुर र सप्तरी २ (१) का प्रदेश सभा सदस्य उम्मेदवार सरोज मंडल र (२) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले प्रसार–प्रसारलाई तिब्र बनाएका हुन् ।
- जनताको घरदैलोमा पुगेर मत माग्दै सत्ताको लागि नभई संघीयता र संविधानको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेकाले जिताउन आग्रह गरेका छन् ।
- उनले यस क्षेत्रको जनताले दिएको सुझावको आधारमा आफू उम्मेदवारी दिएकोले आफ्नो पक्षमा मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया