निःशुल्क सिलाई मेसिन वितरण 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण २८, २०८३
|
|
३ पटक हेरिएको
Shares
निःशुल्क सिलाई मेसिन वितरण 

सारांश

  • वडा नं.
  • १ देखि ७ सम्मका बेरोजगार तथा सीप सिकेर आत्मनिर्भर बन्न चाहने महिलालाई लक्षित गरी उक्त सिलाई मेसिन बिहीबार वितरण गरिएको हो ।
  • गत वर्षदेखि सञ्चालन हुँदै आएको रोजगार सिर्जना तथा महिला सशक्तीकरण कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि सिलाई मेसिन वितरण गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीको विष्णुपुर गाउँपालिकाले बेरोजगार महिलालाई स्वरोजगार बनाउने उद्देश्यले एक सय ५८ जना महिलालाई निःशुल्क सिलाई मेसिन वितरण गरेको छ ।
वडा नं. १ देखि ७ सम्मका बेरोजगार तथा सीप सिकेर आत्मनिर्भर बन्न चाहने महिलालाई लक्षित गरी उक्त सिलाई मेसिन बिहीबार वितरण गरिएको हो ।
गत वर्षदेखि सञ्चालन हुँदै आएको रोजगार सिर्जना तथा महिला सशक्तीकरण कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि सिलाई मेसिन वितरण गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिए ।
सिलाई मेसिन प्राप्त गरेपछि महिलाहरुले घरमै बसेर कपडा सिलाउने व्यवसाय सञ्चालन गरी आम्दानी गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।
गाउँपालिकाले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने तथा नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
गाउँपालिकाका अनुसार रोजगार सिर्जना र जनताको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ  परेका थापा कारागार चलान
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु
रोम विधान लागू गर्न माग
रोम विधान लागू गर्न माग
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु 
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु 
राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा 
राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा