प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी

राजविराज राजविराज
|
सोमबार, माघ ५, २०८२
|
|
६४ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी

सारांश

  •     राजबिराजस्थित पविमाबि मैदानमा आइतबार सम्पन्न खेलमा टस जितेर शम्भुनाथले निर्धारित ५० ओभरमा ४७ ओभर २ बलमा सबै बिकेट गुमाई २ सय ६९ रनको योगफल खडा गरेको थियो ।
  •     जसमा भोला साहले अर्थशतकिय पारी खेल्दै ७० रन बनाएका थिए ।
  • यसैगरी प्रवेष यादब ४४, निवेश मण्डल २८ र अरबिन्द मण्डल १७ रन बनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    प्रधानमन्त्री कप पुरूष सिनियर जिल्ला छनोट क्रिकेट प्रतियोगितामा कंकालनीलाई १३ रनले पराजित गर्दै शम्भुनाथ बिजयी भएको छ ।
    राजबिराजस्थित पविमाबि मैदानमा आइतबार सम्पन्न खेलमा टस जितेर शम्भुनाथले निर्धारित ५० ओभरमा ४७ ओभर २ बलमा सबै बिकेट गुमाई २ सय ६९ रनको योगफल खडा गरेको थियो ।
    जसमा भोला साहले अर्थशतकिय पारी खेल्दै ७० रन बनाएका थिए । यसैगरी प्रवेष यादब ४४, निवेश मण्डल २८ र अरबिन्द मण्डल १७ रन बनाएका थिए । यता बलिङतर्फ कंकालनी संजिव मण्डल ४, निरज कुमार महतो २, कृष्ण कुमार यादब, मोह सोहिल, गोेपाल पैकरा १÷१ बिकेट लिएका थिए ।
    प्रतिउत्तरमा कंकालनीले २ सय ७० रन को लक्ष्य पछ्याउने क्रममा ४२ ओभरमा सबै बिकेट गुमाई २ सय ५६ रन मात्र बनाउन सकेपछि शम्भुनाथ १३ रनले जित हात पारेको हो ।
    अमित यादब र महानन्द यादबले अर्थशतकिय पारी खेलेपनि जित दिलाउन सकेन, अमितले ८८ रन महानन्द यादबले ५० रन बनाएका थिए भने गोपाल मण्डल ३९ रन बनाए । यस्तै बलिङतर्फ शम्भुनाथका भोला साह र निरज सुनरैतले ३÷३ र मोहम्मद तौफिकले २ र पप्पु यादब, नवीन मण्डलले समान्य १÷१ बिकेट लिएका थिए ।
    राष्ट्रिय खेलकुद परिषदको बार्षिक कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरी क्रिकेट संघद्वारा संचालित  एमसिसी फाउण्डेशन तथा सबल नेपालको सहकार्यमा जिल्ला छनोट प्रतियोगिता संचालन गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ