दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
लोसपा नेपाल सप्तरीले विटौरी जग्गा रोक्का पूmकुवा, जग्गाको कित्ताकाट, गाउँ नगर ब्लकमा वसोवाद गर्दै आएका जग्गाधनीलाई लालपूर्जा वितरण लगायतका समस्याको समाधानको माँग राख्दै २० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
ती प्रकृया अविलम्व सूरु गर्न माँग गर्दै बिहीबार लोसपा नेपाल सप्तरीले राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापन पत्र बुझाएको हो ।
लोसपाका केन्द्रिय नेता जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, निर्वतमान नगर प्रमुख शम्भु प्रसाद यादव, निर्वतमान उपप्रमुख साधना झा, वडा अध्यक्ष शशी चौधरी लगायतको अगुवाईमा उक्त ज्ञापन पत्र बुझाइएको हो ।
बुझाएको ज्ञापन पत्रमा विटौरी जग्गा, कित्ता काट, गाउँ नगर ब्लकका जग्गाको लालपूर्जाका समस्याका साथै किसान, बृद्धबृद्धा, एकल महिला, लामखुट्टेको बढ्दो प्रकोप, भ्रष्टाचार, छाडा पशु चौपाया नियन्त्रण, माछा हाटको व्यवस्थापन लगायतका समेत गरी २० बुंदे समस्या उठान गरी अविलम्व उक्त समस्या समाधान गर्न माँग गरिएको छ ।
यस अघि जेठ ६ गते पनि लोसपाले लामो समयदेखि रोकिराखिएको विटौरी जग्गा रोक्का पूmकुवा, जग्गा कित्ताकाट तथा गाउँ नगरपालिकाका ब्लक जग्गामा वसोवास गर्दै आएका जग्गाधनीलाई अविलम्ब लालपूर्जा प्रदान गर्नू पर्ने माँग गर्दै नापी कार्यालयमा पनि ज्ञापन पत्र बुझाइसकेको छ ।
उक्त माँगहरु अविलम्ब सम्बोधन नगरिए लोसपाले आन्दोलन चर्काउने चेतावनी समेत ज्ञापन पत्र मार्फत दिएको छ ।
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
सारांश
- ती प्रकृया अविलम्व सूरु गर्न माँग गर्दै बिहीबार लोसपा नेपाल सप्तरीले राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापन पत्र बुझाएको हो ।
- लोसपाका केन्द्रिय नेता जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, निर्वतमान नगर प्रमुख शम्भु प्रसाद यादव, निर्वतमान उपप्रमुख साधना झा, वडा अध्यक्ष शशी चौधरी लगायतको अगुवाईमा उक्त ज्ञापन पत्र बुझाइएको हो ।
- बुझाएको ज्ञापन पत्रमा विटौरी जग्गा, कित्ता काट, गाउँ नगर ब्लकका जग्गाको लालपूर्जाका समस्याका साथै किसान, बृद्धबृद्धा, एकल महिला, लामखुट्टेको बढ्दो प्रकोप, भ्रष्टाचार, छाडा पशु चौपाया नियन्त्रण, माछा हाटको व्यवस्थापन लगायतका समेत गरी २० बुंदे समस्या उठान गरी अविलम्व उक्त समस्या समाधान गर्न माँग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया