राजविराज÷राजविराज ६ खर्साल टोलमा गत चैत १६ देखी २४ गतेसम्म सम्पन्न भएको विष्णु महायज्ञमा १८ लाख ५३ हजार ६ सय ८४ रुँपैया बचत भएको छ ।
महायज्ञ सम्पन्न भएको स्थलमा शनिबार महायज्ञ मूल समितिले आय–ब्यय विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
विष्णु महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ध्रुब देवद्वारा प्रस्तुत आय–ब्यय विवरणमा विभिन्न पालिका, संघसंस्था, उद्योगि, व्यवसायी, चन्दा, दान पेटिका, दान दक्षिणा, समाजसेवी दाता र महायज्ञ स्थल आसपास लगाइएको खेल तमाशाबाट गरि कुल ६८ लाख ९९ हजार २ सय ५० रुँपैया संकलन भएको उल्लेख छ । त्यसमध्ये ५० लाख ४५ हजार ५ सय ६ रुँपैया खर्च भई १८ लाख ५३ हजार ६ सय ८४ रुँपैया बचत भएको कोषाध्यक्ष देवले जानकारी दिए ।
विश्वशान्ति, हिन्दु धर्मको प्रचार प्रसार र मानव कल्याणको कामनाका साथ विष्णु महायज्ञ ९ दिन सम्म चलेको थियो । महायज्ञमा भारत र नेपालका साधुसन्तद्वारा प्रवचन, रासलिला, रामलिला लगायतका धार्मिक अनुष्ठान गरिएको थियो भने महायज्ञ अवधीभर मनोरन्जनका लागि रामझुल्ला, सर्कस, कुस्ति लगायतका खेल तमाशाको पनि आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनका अवसरमा महायज्ञ सफल बनाउन योगदान दिने संचारकर्मीदेखी विभिन्न संघसंस्था र व्यक्तिलाई महायज्ञ आयोजक समितिले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
महायज्ञमा १८ लाख बचत
सारांश
- विश्वशान्ति, हिन्दु धर्मको प्रचार प्रसार र मानव कल्याणको कामनाका साथ विष्णु महायज्ञ ९ दिन सम्म चलेको थियो ।
- महायज्ञमा भारत र नेपालका साधुसन्तद्वारा प्रवचन, रासलिला, रामलिला लगायतका धार्मिक अनुष्ठान गरिएको थियो भने महायज्ञ अवधीभर मनोरन्जनका लागि रामझुल्ला, सर्कस, कुस्ति लगायतका खेल तमाशाको पनि आयोजना गरिएको थियो ।
- पत्रकार सम्मेलनका अवसरमा महायज्ञ सफल बनाउन योगदान दिने संचारकर्मीदेखी विभिन्न संघसंस्था र व्यक्तिलाई महायज्ञ आयोजक समितिले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया