सप्तरीका १ सय ३६ उद्योग खारेजीमा

राजविराज राजविराज
|
मंगलबार, मंसिर ९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा

सारांश

  •     छैठौं उद्योग दिवसको अवसर पारेर मंगलबार सो कार्यालयद्वारा राजविराजमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
  •       कार्यक्रममा आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
    घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले जिल्लामा दर्ता रहेका ९ हजार १ सय २७ उद्योग मध्ये १ सय ३६ वटा उद्योग खारेजीमा परेको जानकारी दिएको छ ।
    छैठौं उद्योग दिवसको अवसर पारेर मंगलबार सो कार्यालयद्वारा राजविराजमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । 
    कार्यक्रममा आ.ब. २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै उद्योग अधिकृत सन्तोषकुमार साहले मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, बैदेशिक रोजगारीमा हिडेको, उद्योग दर्ता गरि लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका कारण १ सय ३६ वटा उद्योग खारेजीमा परेका जानकारी दिए ।
    नयाँ दर्ता भएका ती उद्योगसहित जम्मा ९ हजार १ सय २७ उद्योग दर्ता भएको र त्यसमध्ये उद्योगतर्फ ७० र बाणिज्यतर्फ ६६ गरि कुल १ सय ३६ उद्योग खारेजीमा परेको उनले स्पष्ट पार्दै उक्त आ.ब.मा महिलाद्वारा संचालित १ सय ५ र पुरुषद्वारा संचालित २ सय ९० गरि कुल ३ सय ९५ उद्योग दर्ता भएको जानकारी पनि दिए ।
    सोही अवधीमा नवीकरण, लगत्त कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क वापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुँपैया राजश्व समेत संकलन गरिएको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । 
    कोरोनाका कारण स्वदेशमा रोजगारीको अभाव तथा विदेशमा रोजगारीका लागि गएका यूवाहरु समेत स्वदेश फर्किएपछि बेरोजगारीको समस्या अझै बढेको जानकारी गराएका उद्योग अधिकृत साहले प्रदेश २ सरकार बेरोजगारी समस्या समाधान गर्न हालै दुई वटा महत्वपूर्ण कार्यक्रम मार्फत आवश्यक बजेट समेत छुट्याएकाले यसबाट धेरै हदसम्म बेरोजगारी समस्य न्युनिकरणमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे । 
    बेरोजगारहरुलाई रोजगारी दिन प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार र प्रदेश प्रमुख रोजगार कार्यक्रमले बेरोजगारी समस्या कम गर्न प्रभावकारी भूमिका खेल्ने उनको भनाई थियो । 
    कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, संचारकर्मी बैजनाथ झा लगायतले शुभकामना दिँदै कोरोनाका कारणले समस्यामा परेका उद्योगि व्यवसायीका साथै प्रभावित सबैलाई राहत महसुस हुने गरि सरकारले आवश्यक कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् । 
    कार्यक्रममा सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगि लिलानाथ दाहाललाई कार्य सम्पादनमा प्रशंसनिय भूमिका निर्वाह गरेवापत नगदसहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाको बिरोध प्रदर्शन
जसपाको बिरोध प्रदर्शन
राजपा, समाजवादी सरकारमा  आगमन र बर्हिगमनका सवालहरु ? 
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 
दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
नगरपालिका कर्मचारीको आन्दोलन जारि
नगरपालिका कर्मचारीको आन्दोलन जारि
कदमाहा र मटिगढी सडकको शिलान्यास
कदमाहा र मटिगढी सडकको शिलान्यास
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी