वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 

राजविराज राजविराज
|
शनिबार, जेठ २०, २०८०
|
|
४० पटक हेरिएको
Shares
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 

सारांश

  •     यसै अन्तरगत राजविराज नगरपालिका वडा नं.
  • ८ हिमालय टोलस्थित मस्जिददेखी उत्तर झण्डै सय मिटर लम्बाई र पाँच मिटर चौडाई नालासहितको बाटो निर्माण कार्य भइरहेको छ ।
  •       पहिलो चरणको कार्य अन्तरगत नाला निर्माण कार्यमा तीन नम्बर ईटाको प्रयोग भइरहेको पाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 

    चालु आ.ब.को वार्षिक बजेट अन्तरगत अहिले सप्तरी जिल्लाको सबै पालिकामा भौतिक निर्माणका कार्यदेखी सभा, गोष्ठी, सेमिनार, जनचेतना, सडक नाटक जस्ता कार्यक्रमहरु धमाधम भइरहेको छ ।     
    यसै अन्तरगत राजविराज नगरपालिका वडा नं. ८ हिमालय टोलस्थित मस्जिददेखी उत्तर झण्डै सय मिटर लम्बाई र पाँच मिटर चौडाई नालासहितको बाटो निर्माण कार्य भइरहेको छ । 

    पहिलो चरणको कार्य अन्तरगत नाला निर्माण कार्यमा तीन नम्बर ईटाको प्रयोग भइरहेको पाइएको छ । शनिबार भइरहेको उक्त नाला निर्माण कार्यमा वडा अध्यक्ष जयनारायण मण्डलकै उपस्थितिमा तीन नम्बर इटाको प्रयोग गरि नाला निर्माण कार्य भइरहेको छ । सार्वजनिक स्थलमा यसरी तीन नम्बर इटाको प्रयोग गरि गरिरहेको कार्यमा स्थानियहरुले बिरोध जनाए पनि वडा अध्यक्ष मण्डलले कुनै प्रतिक्रिया दिएनन् । 

    स्थानिय ललितानन्द झाका अनुसार शनिबार बिहान नाला निर्माणको कार्यमा तीन नम्बर इटाको प्रयोग भइरहेको देख्दा वडा अध्यक्ष मण्डललाई फोन गरेर बोलाएको तर, उनीबाट त्यहा आएर कुनै प्रतिक्रिया नदिई कामले निरन्तरता पाइरहेको प्रति दुखेसो पोखे । उनले जनप्रतिनिधि कै रोहबरमा गुणस्तरहीन काम भइरहदा त्यसलाई रोक्नुको साटो झनै निरन्तरता पाउनुले आश्चर्य व्यक्त गरे । 
    वडा अध्यक्ष मण्डल राजविराज नगरपालिकाको प्रवक्ता समेत हुन् । यसरी उनकै रोहबरमा गुणस्तरहीन कामले प्रश्रय पाइरहनुले कसरी गुणस्तरिय कामले गति लिने हो जनताले गम्भिर प्रश्न ते¥स्याएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग
भन्सार छलि ल्याउँदै गरेको छालाको बुटसहित जाडोको कपडा बरामद
भन्सार छलि ल्याउँदै गरेको छालाको बुटसहित जाडोको कपडा बरामद
रोजगारीका लागि भारत गएका मिश्रा १३ वर्षदेखी वेपत्ता
रोजगारीका लागि भारत गएका मिश्रा १३ वर्षदेखी वेपत्ता
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी 
कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी