दैनिक समाचारदाता
राजविराज, २२ असार ।
नेपालको सबैभन्दा पुरानो, ठुलो र अग्रणी राजविराजस्थित मविव क्याम्पसमा अनेरास्ववियुले आइतबार विभिन्न २१ बुँदे माँग राख्दै पाँच दिन भित्र ती माँगहरु सार्वजनिक गर्न क्याम्पस प्रशासनलाई माँग पत्र बुझाएको छ ।
अनेरास्ववियुका ललित नारायण रजक र रंजित मंडलद्वारा हस्ताक्षरित सो माँग पत्रमा जिम्मेवार पदाधिकारीहरुको गैरजिम्मेवार भुमिकाहरुका कारण क्याम्पस ध्वस्त बनाउने कारक बन्दै गएको प्रति चिन्ता व्यक्त समेत गरिएको छ ।
सो माँग पत्रमा विद्यार्थीहरुको नामबाट उठाइएको विकास शुल्क तथा विश्वविद्यालय अनुदान आयोग र त्रि.वि.बाट आएको विकास निर्माणको रकमबाट भएको विकास निर्माण कामकाज जस्तै माँ सरस्वती मन्दिर, कभर्ड हल, प्रशासनिक भवन, बाहिरी ढलान सडक, ल्याव व्यवस्थापन, पानी पाइप जडान कार्य, टेण्डर प्रक्रिया लगायत अन्य विकास निर्माणको कामकाजमा व्यापक रुपमा भ्रष्टाचार भएको ठहर गर्दै कसरी काम भएको हो तथा विल भरपाई समेतको बारे सार्वजनिक रुपमा विद्यार्थी प्रतिनिधी तथा सम्बन्धित सवै पक्षलाई जानकारी गराउन माँग गरिएको छ ।
त्यस्तै त्रि.वि.को तलब, भत्ता खाएर पदीय जिम्मेवारी अनुरुपको कामकाज नगर्ने शिक्षक र कर्मचारीहरुलाई कारवाही गरिनुपर्ने र पदीय जिम्मेवारी अनुरुप कामकाजमा लगाउनुपर्ने, स्ववियु चुनाव हुन नसेकेको अवस्थामा विद्यार्थी संगठनलाई अनिवार्य रुपमा क्याम्पसको हरेक निर्णय प्रक्रियाका साथै विद्यार्थीको लागि हुने विकासीय कामकाजमा सहभागी गराउनुपर्ने लगायतका २१ बुँदे माँग गरिएको छ ।
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग
सारांश
- अनेरास्ववियुका ललित नारायण रजक र रंजित मंडलद्वारा हस्ताक्षरित सो माँग पत्रमा जिम्मेवार पदाधिकारीहरुको गैरजिम्मेवार भुमिकाहरुका कारण क्याम्पस ध्वस्त बनाउने कारक बन्दै गएको प्रति चिन्ता व्यक्त समेत गरिएको छ ।
- सो माँग पत्रमा विद्यार्थीहरुको नामबाट उठाइएको विकास शुल्क तथा विश्वविद्यालय अनुदान आयोग र त्रि.
- वि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया