दैनिक समाचारदाता
राजविराज, २ पुस ।
उखु किसानहरुको जारि आन्दोलनमा सप्तरीका किसानहरुले बिहीबार एक्यबद्धता जनाउँदै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका छन् ।
जनता समाजवादी पार्टी नेपाल निकट किसान संघ सप्तरीको नेतृत्वमा सप्तरीका अगुवा किसानहरुले प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना बसेका हुन् ।
दिउँसो १२ बजेदेखि १ बजेसम्म उनीहरुले उखु किसानहरुको वक्यौता रकम भुक्तानी गर, धानको समर्थन मूल्य लागु गर, किसानलाई समयमा मल, खाद, बीऊ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने मागसहित धर्ना बसेका हुन् ।
किसानहरुको समस्याप्रति सरकारले ध्यान नदिएको तथा उखु किसानहरुको मागलाई सम्वोधन गर्न ढिलाई भईरहेकोले दवाब स्वरुप आफुहरुले धर्ना कार्यक्रमलाई अगाडि बढाएको जसपाका नेता दिपेन्द्र चौधरीले बताए ।
उखु किसानहरु आन्दोलनप्रति एक्यबद्धता जनाउँन दिइएको धर्ना कार्यक्रममा जसपा केन्द्रीय सदस्य दिनेश कुमार यादव, दिपेन्द्र चौधरी, बिशेश्वर रजक, पुनम यादव, जिल्ला अध्यक्ष हरेराम यादव, युवा नेता बिनोद कुमार यादव, बिद्यार्थी नेता शम्भु यादव, रंजित यादव लगायतको उपस्थिति रहेको थियो ।
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
सारांश
- जनता समाजवादी पार्टी नेपाल निकट किसान संघ सप्तरीको नेतृत्वमा सप्तरीका अगुवा किसानहरुले प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना बसेका हुन् ।
- दिउँसो १२ बजेदेखि १ बजेसम्म उनीहरुले उखु किसानहरुको वक्यौता रकम भुक्तानी गर, धानको समर्थन मूल्य लागु गर, किसानलाई समयमा मल, खाद, बीऊ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने मागसहित धर्ना बसेका हुन् ।
- किसानहरुको समस्याप्रति सरकारले ध्यान नदिएको तथा उखु किसानहरुको मागलाई सम्वोधन गर्न ढिलाई भईरहेकोले दवाब स्वरुप आफुहरुले धर्ना कार्यक्रमलाई अगाडि बढाएको जसपाका नेता दिपेन्द्र चौधरीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया