दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
जनता समाजवादी पार्टीका वरिष्ट नेता गंगाराम यादवको बुधबार बिहान निधन भएको छ ।
राजविराज ४ स्थित आफ्नै घरमा बुधबार बिहान ६ बजेतिर निधन भएको हो ।
७२ वर्षिय यादवको केही समय यता मृगौला रोगबाट पीडित थिए । बिहानी एक्कसी स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले अस्पताल लैजाने तयारी गरिरहँदा उनको निधन भएको भतिजा सन्तोषले बताए ।
उनी तत्कालिन विषहरिया गाविसका अध्यक्ष तथा गाविस महासंघ सप्तरीका अध्यक्ष भएका थिए । त्यस्तै तत्कालिन राजपाका केन्द्रिय सदस्य समेत रहेका उनी संघीय समाजवादी र राजपाबीच एकिकरण पश्चात् बनेको जनता समाजवादी पार्टीका वरिष्ठ नेताको रुपमा चिनिन्थे ।
उनलाई पार्टीको झण्डा ओढाउनुका साथै अन्तिम श्रद्धाञ्जली दिन जसपाका नेताहरुका साथै ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए । उनको बुधबारै बैदिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
जसपा वरिष्ठ नेता यादवको निधन
सारांश
- राजविराज ४ स्थित आफ्नै घरमा बुधबार बिहान ६ बजेतिर निधन भएको हो ।
- ७२ वर्षिय यादवको केही समय यता मृगौला रोगबाट पीडित थिए ।
- बिहानी एक्कसी स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले अस्पताल लैजाने तयारी गरिरहँदा उनको निधन भएको भतिजा सन्तोषले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया