महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 

राजविराज राजविराज
|
बिहिबार, श्रावण १०, २०८१
|
|
५० पटक हेरिएको
Shares
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 

सारांश

  •     गत आर्थिक बर्षमा संचालित योजनाहरुको काम सम्पन्न भएपनि कमिशनको रकम नदिदा काटिएको चेक समेत उपभोक्ताहरुले नपाउँदा उनीहरु मारमा परेका छन् ।
  •     गाउँपालिकाको वडा नम्बर १ स्थित खानेपानी संरचना निर्माण गरेका माझी निर्माण सेवाले निर्माण काम सकिए पनि भुक्तानी नदिएको गुनासो गरेका छन् ।
  •     निर्माण सेवाकी प्रोपराईटर बर्षारानी पैकराले गाउँपालिकाले भुक्तानी नदिएको कारण समस्यामा परेको जानकारी दिइन् ।

दैनिक समाचारदाता
राजविराज, १० साउन । 

    आर्थिक बर्ष २०८०÷०८१ सम्पन्न भएर नयाँ आर्थिक बर्ष सुरु भएको एक साता वितिसक्दा समेत सप्तरीको महादेवा गाउँपालिकामा उपभोक्ता समिति तथा संघ संस्थाले भुक्तानी पाउन सकेको छैन् ।
    गत आर्थिक बर्षमा संचालित योजनाहरुको काम सम्पन्न भएपनि कमिशनको रकम नदिदा काटिएको चेक समेत उपभोक्ताहरुले नपाउँदा उनीहरु मारमा परेका छन् ।
    गाउँपालिकाको वडा नम्बर १ स्थित खानेपानी संरचना निर्माण गरेका माझी निर्माण सेवाले निर्माण काम सकिए पनि भुक्तानी नदिएको गुनासो गरेका छन् ।
    निर्माण सेवाकी प्रोपराईटर बर्षारानी पैकराले गाउँपालिकाले भुक्तानी नदिएको कारण समस्यामा परेको जानकारी दिइन् । यस्तै अन्य निर्माण कम्पनी तथा उपभोक्ता समितिले पनि काम सम्पन्न गरिसकेको भएपनि कमिशन नदिएको कारण चेक काटेर पनि रोकेको बताए । 
    आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक उपभोक्ता समितिका अध्यक्षले भने, ‘काम सम्पन्न भयो तर, कमिशन नदिएको कारण चेक पाइएन ।’ उनले आफ्नो नाम समाचारमा आएपछि काम गरेको पैसा डुब्ने डरले नाम नलेख्न आग्रह गरे ।
    एकातिर काम सम्पन्न गरेकाहरुले भुक्तानी पाउन सकेको छैन् भने अर्कोतिर कामै नगरी पनि भुक्तानि लिई सकेको स्थानिय एक नेताले बताए ।
    गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल र प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव, लेखा अधिकृत रमेश चौधरी, सहलेखापाल हिरालाल यादवले आफ्नो नजिकको व्याक्तिलाई कार्यक्रम र योजना दिएर काम सम्पन्न नभए पनि चेक काटेर बैंकमा जम्मा गरि भुक्तानी गरिएको श्रोतले जनाएको छ । 
    आर्थिक बर्ष २०७९÷०८० मा गाउँपालिकाको एक करोड ५० लाख र संघीय सरकारको एक करोड ५० लाख गरी तीन करोडको कृषि विद्युतीकरण योजनामा कामै नगरी दुई करोड ७० लाख भुक्तानी दिएको एक स्थानियले बताए ।
    सियाराम श्यामा जेभी बलान विहुल सप्तरीले गाउँपालिकाको सबै वडामा ४ सय ५० वटा विद्युत पोल र १० वटा ट्रान्सफर्मर जडान गर्ने समझौता गरेकोमा २ सय ५० वटा पोल मात्रै जडान गरेर दुई करोड ७० लाख भुक्तानी लिई सकेको छ ।
    उक्त विद्युतीकरण कामका लागि सियाराम–श्यामा जेभीले समझौता गरेपनि गाउँपालिकाका अध्यक्ष मण्डलले नाताका आप्mना सालो अभिषेक मण्डललाई ठेक्का दिएको आरोप स्थानियहरुले लगाएका छन् । संघीय सरकारबाट नेकपा माओवादी केन्द्रबाट गापा अध्यक्ष पदका प्रत्याशी उम्मेदवार दिपेन्द्र माझी लगायतको पहलमा कृषि विधुतीकरणको लागी ३ करोडको पोल, तार, ट्रान्सफरमर जडानमा मानोमानी तरीकाबाट अनियमितता गरिएको स्थानिय किसानको आरोप छ ।  
    यस्तै गाउँपालिकामा अध्यक्ष मण्डलका सल्लाहकार ललितकुमार मण्डल, प्रमुख प्रशासकिय अधिकृत यादव, लेखा अधिकृत चौधरी, सहलेखापाल यादवले कमिशन वापतको रकम नदिएको कारण गाउँपालिकाको स्टोर राखिएको घरको भाडा समेत १८ महिनादेखि नदिएको घरधनी अमरेन्द्र मंडलले जानकारी दिए ।
    यता पालिकाहरुमा कमिशन वापतको रकम उठाउन अध्यक्ष मण्डलले करारको कर्मचारीलाई खटाएको एक सप्लार्यसका संचालकले गुनासो गरेका छन् । पालिकाले २० देखि ३० प्रतिशतसम्म कमिशन लिने गरेकोले नगद नभए पनि चेक नदिउन्जेल भुक्तानी वापत चेक नदिने गरेको उनी बताउँछन ।
    यस सम्बन्धमा गाउँपालिका अध्यक्ष मण्डलले काम सम्पन्न भईसकेको योजनाहरुको भुक्तानी गरिसकिएको बताए । ‘काम सम्पन्न भएका ९० प्रतिशत योजनाको भुक्तानी भईसकेको छ र काम हुन बाँकी रहेका योजनाहरुको भुक्तानी भने बाँकी छ । १८ नम्बर फारम भरिएकोले काम भएजतिको पछि भुक्तानी गरिनेछ ।’ अध्यक्ष मंडलले घरभाडाको समझौता नभेटिएको कारण भुक्तानी नभएको बताउँदै समझौत भेटिएपछि भुक्तानी गरिने बताए ।
    अध्यक्ष मंडलसँग कमिशन नदिएको कारण चेक रोकिएको आरोपबारे राजविराज दैनिकले सोधेको प्रश्नको जवाफमा ‘कमिशनको कुरा फोनमा भन्न मिल्दैन भेटेर कुरा गर्छु’ उनले भने । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
नागरिकता विधेयक फिर्तापछि  लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन
नागरिकता विधेयक फिर्तापछि  लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
जन्ती बोकेको विङ्गर दुर्घटनामा पर्दा एक दर्जन यात्री घाइते
जन्ती बोकेको विङ्गर दुर्घटनामा पर्दा एक दर्जन यात्री घाइते