दैनिक समाचारदाता
राजविराज, १० साउन ।
आर्थिक बर्ष २०८०÷०८१ सम्पन्न भएर नयाँ आर्थिक बर्ष सुरु भएको एक साता वितिसक्दा समेत सप्तरीको महादेवा गाउँपालिकामा उपभोक्ता समिति तथा संघ संस्थाले भुक्तानी पाउन सकेको छैन् ।
गत आर्थिक बर्षमा संचालित योजनाहरुको काम सम्पन्न भएपनि कमिशनको रकम नदिदा काटिएको चेक समेत उपभोक्ताहरुले नपाउँदा उनीहरु मारमा परेका छन् ।
गाउँपालिकाको वडा नम्बर १ स्थित खानेपानी संरचना निर्माण गरेका माझी निर्माण सेवाले निर्माण काम सकिए पनि भुक्तानी नदिएको गुनासो गरेका छन् ।
निर्माण सेवाकी प्रोपराईटर बर्षारानी पैकराले गाउँपालिकाले भुक्तानी नदिएको कारण समस्यामा परेको जानकारी दिइन् । यस्तै अन्य निर्माण कम्पनी तथा उपभोक्ता समितिले पनि काम सम्पन्न गरिसकेको भएपनि कमिशन नदिएको कारण चेक काटेर पनि रोकेको बताए ।
आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक उपभोक्ता समितिका अध्यक्षले भने, ‘काम सम्पन्न भयो तर, कमिशन नदिएको कारण चेक पाइएन ।’ उनले आफ्नो नाम समाचारमा आएपछि काम गरेको पैसा डुब्ने डरले नाम नलेख्न आग्रह गरे ।
एकातिर काम सम्पन्न गरेकाहरुले भुक्तानी पाउन सकेको छैन् भने अर्कोतिर कामै नगरी पनि भुक्तानि लिई सकेको स्थानिय एक नेताले बताए ।
गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल र प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव, लेखा अधिकृत रमेश चौधरी, सहलेखापाल हिरालाल यादवले आफ्नो नजिकको व्याक्तिलाई कार्यक्रम र योजना दिएर काम सम्पन्न नभए पनि चेक काटेर बैंकमा जम्मा गरि भुक्तानी गरिएको श्रोतले जनाएको छ ।
आर्थिक बर्ष २०७९÷०८० मा गाउँपालिकाको एक करोड ५० लाख र संघीय सरकारको एक करोड ५० लाख गरी तीन करोडको कृषि विद्युतीकरण योजनामा कामै नगरी दुई करोड ७० लाख भुक्तानी दिएको एक स्थानियले बताए ।
सियाराम श्यामा जेभी बलान विहुल सप्तरीले गाउँपालिकाको सबै वडामा ४ सय ५० वटा विद्युत पोल र १० वटा ट्रान्सफर्मर जडान गर्ने समझौता गरेकोमा २ सय ५० वटा पोल मात्रै जडान गरेर दुई करोड ७० लाख भुक्तानी लिई सकेको छ ।
उक्त विद्युतीकरण कामका लागि सियाराम–श्यामा जेभीले समझौता गरेपनि गाउँपालिकाका अध्यक्ष मण्डलले नाताका आप्mना सालो अभिषेक मण्डललाई ठेक्का दिएको आरोप स्थानियहरुले लगाएका छन् । संघीय सरकारबाट नेकपा माओवादी केन्द्रबाट गापा अध्यक्ष पदका प्रत्याशी उम्मेदवार दिपेन्द्र माझी लगायतको पहलमा कृषि विधुतीकरणको लागी ३ करोडको पोल, तार, ट्रान्सफरमर जडानमा मानोमानी तरीकाबाट अनियमितता गरिएको स्थानिय किसानको आरोप छ ।
यस्तै गाउँपालिकामा अध्यक्ष मण्डलका सल्लाहकार ललितकुमार मण्डल, प्रमुख प्रशासकिय अधिकृत यादव, लेखा अधिकृत चौधरी, सहलेखापाल यादवले कमिशन वापतको रकम नदिएको कारण गाउँपालिकाको स्टोर राखिएको घरको भाडा समेत १८ महिनादेखि नदिएको घरधनी अमरेन्द्र मंडलले जानकारी दिए ।
यता पालिकाहरुमा कमिशन वापतको रकम उठाउन अध्यक्ष मण्डलले करारको कर्मचारीलाई खटाएको एक सप्लार्यसका संचालकले गुनासो गरेका छन् । पालिकाले २० देखि ३० प्रतिशतसम्म कमिशन लिने गरेकोले नगद नभए पनि चेक नदिउन्जेल भुक्तानी वापत चेक नदिने गरेको उनी बताउँछन ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष मण्डलले काम सम्पन्न भईसकेको योजनाहरुको भुक्तानी गरिसकिएको बताए । ‘काम सम्पन्न भएका ९० प्रतिशत योजनाको भुक्तानी भईसकेको छ र काम हुन बाँकी रहेका योजनाहरुको भुक्तानी भने बाँकी छ । १८ नम्बर फारम भरिएकोले काम भएजतिको पछि भुक्तानी गरिनेछ ।’ अध्यक्ष मंडलले घरभाडाको समझौता नभेटिएको कारण भुक्तानी नभएको बताउँदै समझौत भेटिएपछि भुक्तानी गरिने बताए ।
अध्यक्ष मंडलसँग कमिशन नदिएको कारण चेक रोकिएको आरोपबारे राजविराज दैनिकले सोधेको प्रश्नको जवाफमा ‘कमिशनको कुरा फोनमा भन्न मिल्दैन भेटेर कुरा गर्छु’ उनले भने ।
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’
सारांश
- गत आर्थिक बर्षमा संचालित योजनाहरुको काम सम्पन्न भएपनि कमिशनको रकम नदिदा काटिएको चेक समेत उपभोक्ताहरुले नपाउँदा उनीहरु मारमा परेका छन् ।
- गाउँपालिकाको वडा नम्बर १ स्थित खानेपानी संरचना निर्माण गरेका माझी निर्माण सेवाले निर्माण काम सकिए पनि भुक्तानी नदिएको गुनासो गरेका छन् ।
- निर्माण सेवाकी प्रोपराईटर बर्षारानी पैकराले गाउँपालिकाले भुक्तानी नदिएको कारण समस्यामा परेको जानकारी दिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया