निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन

राजविराज राजविराज
|
आइतबार, मंसिर ९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन

सारांश

  •     गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले निरन्तर विद्यालयहरुको अनुगमन तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिएपछि विद्यालयको शैक्षिक गुणस्त सुधारोन्नमुख देखिएको हो ।
  •     अनुगमनकै क्रममा आईतवार अध्यक्ष यादवले गाउँपालिकास्थित मावि खुरुहुरिया र मावि कनकट्टाको अनुगमन गर्दा पहिलाको भन्दा अहिले शिक्षामा केही सुधार आएको बताए ।
  •     पहिलाको भन्दा अहिले विद्यार्थीको सिकाई उपलब्धीमा प्रगती देखिएको र शिक्षकहरु पनि समयमा विद्यालय आएर पठनपाठनमा लगनशीलता देखाएको उनले प्रतिक्रिया दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 

    सप्तरीको विष्णुपुर गाउँपालिकाका सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारोन्नमुख देखिएको छ ।
    गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले निरन्तर विद्यालयहरुको अनुगमन तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिएपछि विद्यालयको शैक्षिक गुणस्त सुधारोन्नमुख देखिएको हो ।
    अनुगमनकै क्रममा आईतवार अध्यक्ष यादवले गाउँपालिकास्थित मावि खुरुहुरिया र मावि कनकट्टाको अनुगमन गर्दा पहिलाको भन्दा अहिले शिक्षामा केही सुधार आएको बताए ।
    पहिलाको भन्दा अहिले विद्यार्थीको सिकाई उपलब्धीमा प्रगती देखिएको र शिक्षकहरु पनि समयमा विद्यालय आएर पठनपाठनमा लगनशीलता देखाएको उनले प्रतिक्रिया दिए । ‘मावि कनकट्टामा कम्प्युटर थन्केको अवस्थामा थियो, कक्षाकोठा व्यवस्थित गरेर कम्प्युटर     विषयको शिक्षक भर्ना गरि अहिले विद्यार्थीहरु कम्प्युटर चलाउन थालेका छन्’ उनले भने ।
    विद्यालयहरुमा शैक्षिक सुधार ल्याउन गाउँपालिकाले यसअघि नै कक्षामा मोवाईल निषेध सहितको ८ बुँदे निर्णय गर्दै अनुगमन कार्यलाई निरन्तरता दिएपछि पठनपाठनमा केही सुधार भएको अध्यक्ष यादवले जानकारी दिए । 
    गाउँपालिका भित्र ५ मावि र १३ आधारभुत गरि १८ विद्यालय रहेका छन् । सबै विद्यालयमा अनुगमन टोली पुग्दा शिक्षक र विद्यार्थीको उपस्थिती उत्साहजनक देखिन थालेको उनको भनाई छ ।
    ‘आइतबार जनता मावि खुरहुरिया र कनकट्टा माविको अनुगमन गरेका हुँ, दुबै विद्यालयमा शिक्षक र विद्यार्थीको उपस्थिति तथा पठनपाठन सन्तोषजनक पाईएको छ’ गाउँपालिका अध्यक्ष यादवले भने । 
    गाउँपालिकाबाट निरन्तर अनुगमन टोली विद्यालय पुग्न थालेपछि शिक्षक र विद्यार्थीको नियमित उपस्थिति तथा शैक्षिक अवस्थामा सुधार आएको स्थानीय अभिभावक रुपेश प्रसाद यादवले बताए । 
    गाउँपालिका अध्यक्ष यादवले मातहतका सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वश्नीय बनाउन ८ बुँदे निर्णय गरिएको र सो निर्णय कडाईका साथ लागु गरिएको बताए । पालिकाले जारी गरेको ८ बुन्दै निर्णयमा कक्षा कोठाभित्र मोवाइल निषेध, नियमित आउने शिक्षक र विद्यार्थीलाई प्रोत्साहन, पूर्व जानकारी बिना अनुपस्थित रहने शिक्षकको तलब भत्ता कटौती र शिक्षकलाई आफूले पढाउने विषयको अनिवार्य रुपमा पाँच योजना बनाएर आउनु पर्ने लगायतका रहेको छ ।
    पालिका निर्णय पालना भए नभएको बुझ्न टोलीद्वारा छड्के अनुगमन हुन थालेपछि विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढ्नुका साथै पठन पाठनमा सुधार हुन थालेको अनुगमन टोलीमा सहभागि प्रमुख प्रशासकीय अधिकृत सन्त कुमार मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
पाउन थाले शहिद परिवारले मासिक ५ हजार १ सय सहयोग 
पाउन थाले शहिद परिवारले मासिक ५ हजार १ सय सहयोग 
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह