दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको बोदेबरसाइन र खडक नगरपालिकाबाट विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र बोदेबरसाइन शाखाबाट खटेको कर्मचारी र प्रहरीको संयुक्त टोलीले आइतबार खडक नगरपालिकाबाट ११ र बोदेबरसाइन नगरपालिकाबाट ४ गरि १५ जनालाई पक्राउ गरेको हो ।
प्राधिकरणको बोदेबरसाइन शाखाका प्रमुख रुपेश कुमार यादवले बोदेबरसाइन नगरपालिकाका कपिल सदा, दिनेश यादव, कुशेश्वर यादव र भागवत राम अवैध रुपले विद्युत पोलमा हुक लगाई बत्ति तथा अन्य काममा विद्युतको प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेको जानकारी दिए ।
त्यस्तै सोही आरोपमा खडक नगरपालिकाका देवकान्त मण्डल, रामअधिन मण्डल, विश्वनाथ मण्डल, मिथिलेश मण्डल, बिन्देश्वर मण्डल, महन्थी मण्डल, हरिनारायण मण्डल, किशोर चौधरी, योगि राम, साकिर हुसैन र मो. नौसाद अलि पनि पक्राउ परेका छन् ।
प्राधिकरणले चोरीको विद्युत बाल्ने ग्राहकको मिटरसमेत नियन्त्रणमा लिए लाइन काट्ने कामलाई प्राथमिकता दिएको शाखा प्रमुख यादवले बताए ।
उनले पक्राउ परेकाहरुबाट चोरी गरि प्रयोग गरेको विद्युत महसुलको तत्कालै मुल्याङकन गरि निस्केको रकम र त्यसमा लाग्ने जरिवाना जोडेर असुल गरिने जनाएका छन् । उनले त्यस क्षेत्रमा विद्युत चोरी भइरहेको सूचना आएपछि प्राधिकरणका कर्मचारी तथा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको बताए ।
विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ
सारांश
- नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र बोदेबरसाइन शाखाबाट खटेको कर्मचारी र प्रहरीको संयुक्त टोलीले आइतबार खडक नगरपालिकाबाट ११ र बोदेबरसाइन नगरपालिकाबाट ४ गरि १५ जनालाई पक्राउ गरेको हो ।
- प्राधिकरणको बोदेबरसाइन शाखाका प्रमुख रुपेश कुमार यादवले बोदेबरसाइन नगरपालिकाका कपिल सदा, दिनेश यादव, कुशेश्वर यादव र भागवत राम अवैध रुपले विद्युत पोलमा हुक लगाई बत्ति तथा अन्य काममा विद्युतको प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेको जानकारी दिए ।
- त्यस्तै सोही आरोपमा खडक नगरपालिकाका देवकान्त मण्डल, रामअधिन मण्डल, विश्वनाथ मण्डल, मिथिलेश मण्डल, बिन्देश्वर मण्डल, महन्थी मण्डल, हरिनारायण मण्डल, किशोर चौधरी, योगि राम, साकिर हुसैन र मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया