दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरी प्रहरीले अदालतबाट कैद सजाय र जरिवाना तोकिएका विभिन्न अपराधका २३ जना फरार अभियक्तलाई एकै दिन पक्राउ गरेको छ ।
उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला र सम्बन्धीत इलाकाबाट खटेको प्रहरी टोलीले गाउँघरमै लुकिबसेको अवस्थामा सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा कुटपिट अंगभंग मुद्दाका सर्वाधिक ७ जना छन् । यस्तै जालसाजि र लुटपाटका चार÷चार, लागुऔषध र मुद्दाको शिर्षक नखुलेका तीन÷तीन, बोक्सी र कुटपिट लुटपाटका एक÷एक जना छन् ।
पक्राउ परेकाहरुबाट १७ लाख ३ हजार ८९ रुँपैया जरिवाना तथा २ वर्ष कैद असुल गरिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई मंगलबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद सजाय तोकिएकाहरुलाई राजविराज कारागार चलान गरिएको तथा जरिवाना गरिएका हकमा असुली प्रक्रिया अघि बढाइएको प्रहरी उपरिक्षक कार्कीले बताए ।
विभिन्न अपराधमा संलग्न उनीहरुमाथी मुद्दा चलाउँदा अदालतले कैद सजाय र जरिवाना लगायतका फैसला सुनाएपछि फरार भएको प्रहरीको भनाई छ । फरार अभियुक्तहरुको संख्या सूची बढेपछि प्रहरीले खोजिकार्यलाई तिब्र बनाएको छ ।
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
सारांश
- उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला र सम्बन्धीत इलाकाबाट खटेको प्रहरी टोलीले गाउँघरमै लुकिबसेको अवस्थामा सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
- पक्राउ पर्नेमा कुटपिट अंगभंग मुद्दाका सर्वाधिक ७ जना छन् ।
- यस्तै जालसाजि र लुटपाटका चार÷चार, लागुऔषध र मुद्दाको शिर्षक नखुलेका तीन÷तीन, बोक्सी र कुटपिट लुटपाटका एक÷एक जना छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया