सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह

राजविराज राजविराज
|
आइतबार, पौष २८, २०८१
|
|
२० पटक हेरिएको
Shares
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह

सारांश

  •     सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरमा आइतबार आयोजित प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा भाग लिएर फर्किएपछि राजविराजमा पत्रकार सम्मेलन मार्फत यस्तो आग्रह गरेका हुन् ।
  •       संघीयताकै कारण मुलुकमा विकासीय काम तिब्रगतिमा अघि बढेको दाबीका साथ उनले यसलाई खारेज हुनु पर्ने भनी कुनै कुनै कोणबाट कुरा उठ्नु पश्चगामी सोच रहेको बताए ।
  • नयाँ संविधानमा ग्यारेन्टी भएको संघीयता खारेज हुँदा संविधान नै धरापमा पर्ने बताउँदै उनले यस्ता कुरामा संचारजगतले पनि विचार पु¥याउनु पर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।

    मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले तीनै तहका सरकारको कार्यशैलीका बारेमा स्वच्छ रुपमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । 
    सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरमा आइतबार आयोजित प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा भाग लिएर फर्किएपछि राजविराजमा पत्रकार सम्मेलन मार्फत यस्तो आग्रह गरेका हुन् । 
    संघीयताकै कारण मुलुकमा विकासीय काम तिब्रगतिमा अघि बढेको दाबीका साथ उनले यसलाई खारेज हुनु पर्ने भनी कुनै कुनै कोणबाट कुरा उठ्नु पश्चगामी सोच रहेको बताए । नयाँ संविधानमा ग्यारेन्टी भएको संघीयता खारेज हुँदा संविधान नै धरापमा पर्ने बताउँदै उनले यस्ता कुरामा संचारजगतले पनि विचार पु¥याउनु पर्नेमा जोड दिए । 
    मुलुकमा आएको ऐतिहासिक परिवर्तनका पछाडी प्रेस जगतको ठूलो भूमिका रहेको बताउँदै उनले संघीयता, समावेशीता, गणतन्त्र जस्ता उपलब्धीलाई बचाएर राख्न प्रेसको पनि जिम्मेवारी रहेको जिकिर गरे । 
    “सही र सत्यतथ्यमा आधारित भएर पत्रकारले सरकारबाट हुने गलत काममा बारेमा पनि लेख्न हिचकिचाउनु हुदैन्, उनले भने, यसले सरकारलाई सचिएर काम गर्न सुझाव मिल्दछ ।”
    प्रदेशमा खुल्ला सीमाका कारण लागु औषधको कारोबार, तस्करी लगायतका अपराधिक घटनालाई मध्यनजर गरि सुरक्षा समन्वय समितिको बैठकमा बृहत छलफल भएको उनले जानकारी दिए । 
    मन्त्री लेखीका साथमा प्रदेश नीति आयोगका सदस्य डा. शिला मिश्रा, नेपाल प्रहरीका डिआइजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डिआइजी कालिदास धौजी श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका निर्देशक माधव तिमिल्सिना समेत आएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 
क्याम्पसको हरित पार्कमा आगलागि
क्याम्पसको हरित पार्कमा आगलागि
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित