छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 

राजविराज राजविराज
|
आइतबार, जेठ ८, २०७९
|
|
२९ पटक हेरिएको
Shares
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 

सारांश

  •     लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका चौधरी जसपाका सत्यनारायण यादवलाई १ हजार १ सय २९ मतले पछी पार्दै निर्वाचित भएका हुन् ।
  •       आइतवार सार्वजनिक मतगणनाको अन्तिम परिणाम अनुसार चौधरी २ हजार ८ सय ९५ मत ल्याई निर्वाचित भएका हुन ।
  • उनी जिल्लामा सबभन्दा कम उमेरका पालिका प्रमुख भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार २५ वर्षिय विद्यानन्द चौधरी निर्वाचित भएका छन् । 
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका चौधरी जसपाका सत्यनारायण यादवलाई १ हजार १ सय २९ मतले पछी पार्दै निर्वाचित भएका हुन् । 
    आइतवार सार्वजनिक मतगणनाको अन्तिम परिणाम अनुसार चौधरी २ हजार ८ सय ९५ मत ल्याई निर्वाचित भएका हुन । उनी जिल्लामा सबभन्दा कम उमेरका पालिका प्रमुख भएका हुन् । 
    यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी राजोदेवी यादव २ हजार ४ सय ७२ मत ल्याई निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी प्रमिला साहले १ हजार ५ सय ९५ मत प्राप्त गरिन । 
    विद्यार्थीकाल देखी नै राजनीतिमा लागेका नवनिर्वाचित २५ वर्षिय चौधरी केही वर्ष यता जनताको घरदैलोमा पुगेर समाजिक गतिविधीमा सक्रिय थिए । आईतवार नै मुख्य निर्वाचन अधिकृत चन्द्रमण्ी ज्ञवालीको हातबाट सपथ लिएपछि जिल्ला कै कान्छा गाउँपालिका अध्यक्ष चौधरीले युवाहरुले समाजमा मात्र होईन राजनीतिक शैलीमा समेत परिर्वतन गर्न सक्छन भन्ने सन्देश दिने गरी काम गर्ने प्रतिक्रिया दिए । 
    विगतको जनप्रतिनीधीहरुको कार्यकाल विवादीत रहेको र ३ वर्ष सम्म परिषद समेत हुन नसक्दा जनता विकासबाट बन्चित रहेकाले आपुृm यस्तो अवस्था आउन नदिन प्रयत्नसिल रहने बताए । प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिर समेत रहेको आफ्नो गाउँपालिकाको विकासका लागी सबैसित समन्वय गरी अघि बढ्ने उनले प्रतिबद्धता जनाए । 
    उनले मातृ भाषा मैथिलीमा सपथ लिन खोजेको भएपनि मुख्य निर्वाचन अधिकृत ज्ञवालीले नियम कानुनले नमिल्ने आग्रह गरेपछि नेपाली मै सपथ लिन बाध्य भए । 
    सोही क्रममा लोसपाका महदेवा गाउँपालिकाबाट नवनिर्वाचित अध्यक्ष सुनिल मण्डलले पनि सपथ लिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
एक करोड मुल्य बराबरको गाजा बरामद
एक करोड मुल्य बराबरको गाजा बरामद
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी 
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
अवैध सरसामानसहित  एक पक्राउ
अवैध सरसामानसहित  एक पक्राउ
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने