दैनिक समाचारदाता
राजविराज, ३० असार ।
उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तजनले सोमबार राजविराज नगरपालिकाको मुल गेटमा ताला लगाउँदै अनिश्चितकालिन धर्नामा बसेका छन् ।
सप्तरीको बोदेवरसाइन नगरपालिका १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरूले नगरपालिकाको मुल गेटमा ताला लगाएका हुन् ।
तालाबन्दीका कारण राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि समेत कार्यालयमै थुनिएका छन् ।
गत वर्ष माघ १ गते राजविराज नगरपालिकाको गाडीको ठक्करबाट घाइते यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना बसेका छन् । उनीहरुले नगरपालिका परिसरमै खाना खाने व्यवस्था मिलाएर अनिश्चितकालिन धर्नामा बसेका छन् ।
नगरपालिकामा पटक–पटक धर्ना कार्यक्रमका साथै शान्तिपुर्ण आन्दोलन गर्दा पनि कार्यबाहक नगरप्रमुखले घाइतेको उपचार खर्च मिलाउन आश्वासन मात्र दिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको पीडित परिवारको भनाइ छ ।
घटनाको भएको ६ महिना बित्नै लाग्दा पनि नगरपालिकाले उपचार खर्च उपलब्ध गराउँन नसक्दा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले बताए । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उनले दुःखेसो सुनाए ।
२०८१ माघ १ गते हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको बोदेबसराइन नगरपालिका ५ मा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट बोदेबसराइन नगरपालिका १ का राजेशसँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएका थिए ।
अजितको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गरी घर फर्किए पनि राजेशको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको राजेशका ठूलोबुवा बैधनाथ यादवले बताए । झण्डै तीन महिना आइसियूमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होस आएको उनले बताए ।
उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
सारांश
- सप्तरीको बोदेवरसाइन नगरपालिका १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरूले नगरपालिकाको मुल गेटमा ताला लगाएका हुन् ।
- तालाबन्दीका कारण राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि समेत कार्यालयमै थुनिएका छन् ।
- गत वर्ष माघ १ गते राजविराज नगरपालिकाको गाडीको ठक्करबाट घाइते यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना बसेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया