दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको कंचनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमाथी नगर प्रमुखले दुव्र्यहार तथा हातपात गरेको भन्दै सोमबार सो कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन ।
नगरप्रमुख ललन प्रसाद गुप्ताले प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेलाई सोमबार आफ्नो कार्यकक्षमा बोलाएर गालीगलौज तथा हातपात समेत गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
कर्मचारी परिवारको तर्फबाट जारी विज्ञप्तीमा कार्यालय प्रमुख घिमिरेमाथी अमानवीय व्यवहार गर्ने नगरप्रमुख गुप्तालाई कानुन बमोजिमको कारवाही माँग गरिएको छ ।
२१ जना कर्मचारीद्वारा जारि विज्ञप्तीमा नगरप्रमुख गुप्तामाथी कारवाही नभएसम्म अत्यावश्यक बाहेका सबै कामकाज ठप्प पार्ने उल्लेख गरिएको छ ।
कर्मचारीहरुले ऐन नियम विपरीतका काम कारवाही तथा भुक्तानी लगायतका विषयमा प्रमुख प्रशासकिय अधिकृत घिमिरेले आपत्ती जनाउदा आवेशमा आएर नगरप्रमुख गुप्ताले त्यस्तो व्यवहार गरेको दाबी गरेका छन् ।
यता नगरप्रमुख गुप्ताले भने आफुले प्रमुख प्रशासकिय अधिकृत घिमिरेसंग त्यस्तो कुनै अप्रिय व्यवहार नगरेको दाबी गरेका छन् । उनले सेवाग्राहीहरुको समस्या र गुनासोबारे बुझ्न खोज्दा प्रमुख प्रशासकिय अधिकृत घिमिरे उल्टै आवेशमा आएको र सामान्य बहश मात्र भएको बताएका छन् ।
कंचनरुपका नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतमाथी गरे हातापात, कर्मचारी आन्दोलित
सारांश
- नगरप्रमुख ललन प्रसाद गुप्ताले प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेलाई सोमबार आफ्नो कार्यकक्षमा बोलाएर गालीगलौज तथा हातपात समेत गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
- कर्मचारी परिवारको तर्फबाट जारी विज्ञप्तीमा कार्यालय प्रमुख घिमिरेमाथी अमानवीय व्यवहार गर्ने नगरप्रमुख गुप्तालाई कानुन बमोजिमको कारवाही माँग गरिएको छ ।
- २१ जना कर्मचारीद्वारा जारि विज्ञप्तीमा नगरप्रमुख गुप्तामाथी कारवाही नभएसम्म अत्यावश्यक बाहेका सबै कामकाज ठप्प पार्ने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया