कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान

सारांश

  •     कारागारमा रहेका कैदीबन्दी, कर्मचारीहरुको समस्यालाई मध्यजगर गर्दै उक्त सामग्री वितरण गरिएको राजविराज जेसीजले जनाएको छ ।
  •       नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदा र राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
  •       हस्तान्तरण गरिएको सामाग्रीमा १० लिटर सेनिटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 
    जेसीज सप्ताह अन्तरगत बिहीबार सप्तरी कारागारमा रहेका कैदीबन्दी, प्रहरी र कर्मचारीलाई स्वास्थ्य सामग्री सेनिटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरिएको छ ।
    कारागारमा रहेका कैदीबन्दी, कर्मचारीहरुको समस्यालाई मध्यजगर गर्दै उक्त सामग्री वितरण गरिएको राजविराज जेसीजले जनाएको छ । 
    नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदा र राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । 
    हस्तान्तरण गरिएको सामाग्रीमा १० लिटर सेनिटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेका छन् । 
    कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायत जेसीजका पदाधिकारी, प्रहरी र कैदीबन्दीका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
    हाल कारागारमा १ आश्रित बालक र १७ महिलासहित ३ सय ७० जना कैदी बन्दी रहेको निमित्त प्रमुख रामले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?