दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित

राजविराज राजविराज
|
आइतबार, जेठ ८, २०७९
|
|
७२ पटक हेरिएको
Shares
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित

सारांश

  •     जिल्लाको बोदेबरसाइन नगरपालिकामा जसपाबाट दोश्रो पटक प्रमुख पदमा उम्मेदवारी दिएका आतेश कुमार सिंह निर्वाचित भएका हुन् ।
  • यसअघिको निर्वाचनमा उनी जिल्लाकै कान्छो प्रमुखको रुपमा निर्वाचित भएका थिए ।
  •       त्यस्तै ४२ वर्षिया सरिता यादव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा दोश्रो पटक निर्वाचित भएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 
    सप्तरीमा यस पटकको स्थानीय तहको निर्वाचनमा दोहो¥याएर उम्मेदवारी दिएका मध्येबाट प्रमुखमा आतेश कुमार सिंह र उपमेयरमा सरिता यादव मात्र निर्वाचित भएका छन् । 
    जिल्लाको बोदेबरसाइन नगरपालिकामा जसपाबाट दोश्रो पटक प्रमुख पदमा उम्मेदवारी दिएका आतेश कुमार सिंह निर्वाचित भएका हुन् । यसअघिको निर्वाचनमा उनी जिल्लाकै कान्छो प्रमुखको रुपमा निर्वाचित भएका थिए । 
    त्यस्तै ४२ वर्षिया सरिता यादव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा दोश्रो पटक निर्वाचित भएकी छिन् । जसपाबाट उम्मेदवार रहेकी यादवले निकटतम प्रतिद्वन्दी जनमत पार्टीकी रेखा देवी मण्डललाई ६ सय १० मतको अन्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । यादवले ६ हजार ५ सय ९२ मत ल्याउदा मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गरीन । 
    मेयरमा भने जनमत पार्टीका बिरेन्द्र माझी निर्वाचित भए । अघिल्लो निर्वाचनमा जितेर यस पल्टको निर्वाचनमा समेत विभिन्न सात पालिकामा निर्वतमान उपप्रमुख र उपाध्यक्षले उम्मेदवारी दोह¥याएका थिए । 
    प्रमुख÷अध्यक्ष पदमा दोह¥याउनेहरुमा सप्तकोशी नपाबाट उत्तम गौतम, हनुमाननगर कंकालिनी नपाबाट शैलेश साह, तिरहुत गापाबाट हेमन्त बहरखेर, अग्निसाइर कृष्णासवरण गापाबाट पर्शुराम चौधरी, रुपनी गापाबाट हरेराम यादव, राजविराज नपाबाट शम्भु प्रसाद यादव, खडक नपाबाट हेमायु हक, बलान बिहुल गापाबाट दयानन्द गोइत, राजगढ गापाबाट प्रमानन्द यादव, छिन्नमस्ता गापाबाट सूर्यनारायण मण्डल, तिलाठी कोइलाडी गापाबाट सतिश सिंह, विष्णुपुर गापाबाट लिलाम्बर यादव यस पटक पराजित भए ।  
    त्यस्तै उपाध्यक्ष÷उपप्रमुखमा दोह¥याउनेहरुमा हनुमाननगर कंकालिनी नगरपालिमा जसपाबाट सरिता देवी सिपलिया यादव, राजविराज नगरपालिकामा लोसपाबाट साधना झा, खडक नगरपालिकामा काँग्रेसबाट यासमिन सुल्तान, रुपनी गाउँपालिकामा जसपाबाट बेचनी देवी सरदार, छिन्नमस्ता गाउँपालिकामा लोसपाबाट उषा मण्डल, शम्भुुनाथ नगरपालिकामा लोसपाबाट कविता सरदार तथा डाक्नेश्वरी नगरपालिकामा जसपाबाट इन्दु यादव छिन् । 
    ती मध्येका विजयी हुने सरिता देवी सिपलीया यादव एक्ली उम्मेदवार हुन् । उनले आफ्नो पहिलो कार्याकालमा भएका विकास निर्माणका कार्याबाट प्रभावित भई नगरवासीले पुनः अवसर दिएको बताई । उनले आफनो काम र व्यवहारले जनताको मन र निर्वाचन दुबै जित्न सफल भएको प्रतिक्रिया दिईन ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ