दैनिक समाचारदाता
राजविराज, १ माघ ।
मोटरसाइकल दुर्घटनामा परेका सप्तरीको रुपनी गाउँपालिकाका एक युवक मंगलबार घरमै सुतेको अवस्थामा मृत फेला परेका छन् ।
सो गाउँपालिका वडा नं. ६ तेरहौता बस्ने २० वर्षिय घुरन चौधरी सुतेको अवस्थामा मृत फेला परेका हुन् ।
परिवारजनका अनुसार अघिल्लो दिन सोमबार पुसी पुर्णिमाका अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोशी नदी किनारमा लागेको कोशी मेला भर्न उनी साथीहरुसित गएका थिए । राती ८ बजेतिर घर फर्केका उनी केही समय लगत्तै सोही वडा बस्ने साथी शोभानन्द सरदारसँग उनको प्रदेश २–०१–००२प.८३४२ नम्बरको मोटरसाइकल चढी रुपनगर बजारतर्फ गएका थिए । त्यहा दुबै जनाले मदिरा सेवन गरेको र फर्किने क्रममा दुर्घटनामा परेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
मृतकका दाजु किरणका अनुसार घुरनलाई अत्याधिक मदिरा सेवन गरेको अवस्थामा शोभानन्दले ल्याइ छाडेका थिए । दुर्घटनामा परेर टाउँका साथै शरीरको भित्रि भागमा चोट लागेको थियो । सोही क्रममा घुरनको टाउकोबाट रगत बग्दै गरेको देखेपछी आफूहरुले स्थानीय स्वास्थ्य चौकीमा लगि प्रारम्भिक उपचार गरि घर ल्याएको दाजु किरणको भनाई छ । उपचारका क्रममा उनको टाउकोमा पाँच वटा टाका लगाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको तथा पोष्टमार्टम पश्चात् बास्तविक कुरा पत्ता लाग्ने बताए ।
उनले मोटरसाइकल चालक सरदारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जानकारी समेत दिएका छन् ।
दुर्घटनामा परेका युवक घरमा मृत फेला
सारांश
- सो गाउँपालिका वडा नं.
- ६ तेरहौता बस्ने २० वर्षिय घुरन चौधरी सुतेको अवस्थामा मृत फेला परेका हुन् ।
- परिवारजनका अनुसार अघिल्लो दिन सोमबार पुसी पुर्णिमाका अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोशी नदी किनारमा लागेको कोशी मेला भर्न उनी साथीहरुसित गएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया