दैनिक समाचारदाता
राजविराज, १ माघ ।
मोटरसाइकल दुर्घटनामा परेका सप्तरीको रुपनी गाउँपालिकाका एक युवक मंगलबार घरमै सुतेको अवस्थामा मृत फेला परेका छन् ।
सो गाउँपालिका वडा नं. ६ तेरहौता बस्ने २० वर्षिय घुरन चौधरी सुतेको अवस्थामा मृत फेला परेका हुन् ।
परिवारजनका अनुसार अघिल्लो दिन सोमबार पुसी पुर्णिमाका अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोशी नदी किनारमा लागेको कोशी मेला भर्न उनी साथीहरुसित गएका थिए । राती ८ बजेतिर घर फर्केका उनी केही समय लगत्तै सोही वडा बस्ने साथी शोभानन्द सरदारसँग उनको प्रदेश २–०१–००२प.८३४२ नम्बरको मोटरसाइकल चढी रुपनगर बजारतर्फ गएका थिए । त्यहा दुबै जनाले मदिरा सेवन गरेको र फर्किने क्रममा दुर्घटनामा परेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
मृतकका दाजु किरणका अनुसार घुरनलाई अत्याधिक मदिरा सेवन गरेको अवस्थामा शोभानन्दले ल्याइ छाडेका थिए । दुर्घटनामा परेर टाउँका साथै शरीरको भित्रि भागमा चोट लागेको थियो । सोही क्रममा घुरनको टाउकोबाट रगत बग्दै गरेको देखेपछी आफूहरुले स्थानीय स्वास्थ्य चौकीमा लगि प्रारम्भिक उपचार गरि घर ल्याएको दाजु किरणको भनाई छ । उपचारका क्रममा उनको टाउकोमा पाँच वटा टाका लगाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको तथा पोष्टमार्टम पश्चात् बास्तविक कुरा पत्ता लाग्ने बताए ।
उनले मोटरसाइकल चालक सरदारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जानकारी समेत दिएका छन् ।
दुर्घटनामा परेका युवक घरमा मृत फेला
सारांश
- सो गाउँपालिका वडा नं.
- ६ तेरहौता बस्ने २० वर्षिय घुरन चौधरी सुतेको अवस्थामा मृत फेला परेका हुन् ।
- परिवारजनका अनुसार अघिल्लो दिन सोमबार पुसी पुर्णिमाका अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोशी नदी किनारमा लागेको कोशी मेला भर्न उनी साथीहरुसित गएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया