दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
मधेश कृषि विश्वविद्यालयद्वारा आइतबार आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि जसपका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा मधेश प्रदेशका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री महेश प्रसाद यादवले संयुक्त रुपमा कृषि स्नातक कक्षा शुभारम्भ समारोहको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने दावी गर्दै उनले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । उनले कृषिमा आधुनिकीकरणका लागि कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
प्रतिनिधीसभा सदस्य समेत रहेका अध्यक्ष यादवले कृषि प्रधान देशमा दक्ष जनशक्ति उत्पादन गर्न यस विश्वविद्यालयले ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे । शिक्षाको स्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले गुणस्तरीय शिक्षामा जोड दिए ।
यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारले आवश्यकता र औचित्यको आधारमा कृषि, सिंचाई, शिक्षा लगायतका छुट्टै मन्त्रालयहरु विस्तार गरी अगाडि बढेको बताए । प्रदेश सरकार कृषि र शिक्षालाई प्राथमिकतामा राखि काम अगाडि बढाएको भन्दै उनले उत्पादन एवम् रोजगारमूलक क्षेत्रहरुमा मधेश प्रदेश सरकारले बजेट विनियोजन गर्न लागेको जानकारी दिए ।
सोही समारोहमा शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले मधेशको साक्षरता प्रतिशत अन्यन्तै न्यून रहेकोले आफु जिम्मेवारी सम्हालेकै दिन मधेशलाई पूर्ण साक्षर प्रदेश बनाउने निर्णय गरेको बताए । ‘कुनै बेला बौद्धिकताको परिचय दिने मधेश प्रदेशका जिल्लाहरुको साक्षरताको अवस्था यतिबेला कहालीलाग्दो रहेको छ’ उनले भने, ‘मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउन हामी प्रतिवद्ध छौं ।’
कृषि विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा रजिष्टार डा.भगवान ठाकुर, प्रदेश नीति आयोगका अध्यक्ष डा. नाथुराम चौधरी लगायतले कक्षा संचालनपछि कृषि शिक्षाका साथै कृषि क्षेत्रको विकासमा समेत ठेवा पुग्ने विश्वास व्यक्त गरे । हाल बीएसी एजी अध्ययनका लागि ५० जना विद्यार्थीले भर्ना लिएको विश्वविद्यालयले जनाएको छ ।
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन
सारांश
- उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने दावी गर्दै उनले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए ।
- उनले कृषिमा आधुनिकीकरणका लागि कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
- प्रतिनिधीसभा सदस्य समेत रहेका अध्यक्ष यादवले कृषि प्रधान देशमा दक्ष जनशक्ति उत्पादन गर्न यस विश्वविद्यालयले ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया