लागु औषधसहित  स्वास्थ्यकर्मी पक्राउ 

राजविराज राजविराज
|
सोमबार, आश्विन १५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
लागु औषधसहित  स्वास्थ्यकर्मी पक्राउ 

सारांश

  •     विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु.
  • ५५प.
  • ५४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सप्तरीको छिन्नमस्त गाउँपालिका २ महुवा बस्ने ३९ वर्षिय राज नारायण ठाकुरलाई लागु औषधसहित पक्राउ गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 

    सप्तरीको बोदेबर्साईन नगरपालिका ५ बर्साईन बजारस्थित शत्रुधन चौकबाट प्रहरीले एक जनालाई लागु औषधसहित पक्राउ गरेको छ । 
    विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु.५५प. ५४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सप्तरीको छिन्नमस्त गाउँपालिका २ महुवा बस्ने ३९ वर्षिय राज नारायण ठाकुरलाई लागु औषधसहित पक्राउ गरेको हो । उनी बोदेबर्साईन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हुन् । 
    प्रहरीका अनुसार मोटरसाइकलको पछाडिको नम्बर प्लेट भित्रपट्टीबाट प्लाष्टिकमा बेरी राखेको नाईट्राभेट २७ ट्याव्लेट र स्पासमो १५ ट्याव्लेट बरामद भएको थियो । 
    पक्राउ परेका ठाकुरलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सप्तरीबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?