चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
३१५ पटक हेरिएको
Shares
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो

सारांश

  • साधारणसभामा निर्वाचनको मिति तय भएसँगै भदौ १५ गतेभित्र सम्पूर्ण सदस्यहरुलाई आ–आफ्नो सदस्यता नविकरण गराउन र चुनावी साधारणसभामा सहभागी हुन संघले एक सूचना मार्फत आह्वान गरेको छ ।
  • संघका अध्यक्ष लालुप्रसाद अग्रवालले अध्यक्षसहित १९ पदका लागि हुने निर्वाचनको आवश्यक सम्पूर्ण तयारी सुरु गरिएको जानकारी दिएका छन् ।
  • उनले उद्योगी व्यवसायीहरुको चाहना अनुसार साधारणसभा जिल्लाको बोदेबरसाईन नगरपालिकामा तथा चुनाव सदरमुकाम राजविराजमा गर्ने निर्णय गरिएको जानकारी समेत दिए ।
दैनिक समाचारदाता
राजविराज, २० साउन । 
सप्तरी उद्योग बाणिज्य संघको असोज ३ गते १२ औं साधारण सभा हुँदैछ । चुनावी साधारणसभा समेत भएको तथा अगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्वको चयन समेत गर्ने भएकाले उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।
साधारणसभामा निर्वाचनको मिति तय भएसँगै भदौ १५ गतेभित्र सम्पूर्ण सदस्यहरुलाई आ–आफ्नो सदस्यता नविकरण गराउन र चुनावी साधारणसभामा सहभागी हुन संघले एक सूचना मार्फत आह्वान गरेको छ ।
संघका अध्यक्ष लालुप्रसाद अग्रवालले अध्यक्षसहित १९ पदका लागि हुने निर्वाचनको आवश्यक सम्पूर्ण तयारी सुरु गरिएको जानकारी दिएका छन् । उनले उद्योगी व्यवसायीहरुको चाहना अनुसार साधारणसभा जिल्लाको बोदेबरसाईन नगरपालिकामा तथा चुनाव सदरमुकाम राजविराजमा गर्ने निर्णय गरिएको जानकारी समेत दिए ।
वर्तमान अध्यक्ष अग्रवालले आफू पुनः चुनाव लड्ने÷नलड्ने विषयमा निर्णय गरी नसकेको बताउँछन् । यद्यपी उद्योगी व्यवसायीले चाहे भने पुनः उम्मेदवारी दिन सकिने उनको भनाई छ ।
उनले आफ्नो कार्यकालमा उद्योगी व्यवसायीको हकहितका लागि धेरै आधारहरु खडा गरिएको दावी पनि गरे । उद्योगी व्यवसायीलाई समस्या परेका बेला २४ सै घण्टा उपलब्ध रहने गरेको तथा यसका अतिरिक्त उद्योगी व्यवसायीलाई विभिन्न कर, पसल, प्रतिष्ठान, उद्योग, नविकरण, उत्पादन र स्वच्छता तथा गुणस्तर लगायतका बिषयमा दक्ष बनाउन विज्ञहरु मार्फत जिल्लाका प्रमुख बजारमा प्रशिक्षण नै चलाएको उनो भनाई छ ।
उनले यस्ता प्रशिक्षण चलाउँदा यहाँका उद्योगी व्यवसायीहरु धेरै जानकार भएको र धेरै हदसम्म अनावश्यक कानुनी झमेला तथा दुख पाउनबाट मुक्ति पाएको बताए । उनले कहिले कोरोना त कहिले विभिन्न आन्दोलनका कारण समस्यामा परेका उद्योग व्यवसाय सरकारको बोझिलो करनीति तथा बैंक र वित्तिय संस्थाको मनपरी व्याजका कारण पनि थप समस्यामा परेको सुनाए ।
ऋण दिदा बैकले सुरुमा तोक्ने व्याज र त्यसपछि विभिन्न बहानामा व्याज बृद्धि गर्दै लैजाने, व्याज असुलीका लागि आर्थिक, सामाजिक तथा मानसिक तनाव दिने, विद्युत महसुलमा २५ प्रतिशत जरीवाना असुल्ने, भन्सार महसूल बृद्धि गर्ने, नेपाल राष्ट्र बैंकले सी आर सी प्रक्रियाको पुनरावलोकन नगर्ने र लचिलो नबनाउने लगायतका कारणले पनि यहाँको व्यापार व्यवसाय चौपट्ट बनेको उनको भनाई छ । यही मुद्दाहरु नै उम्मेदवारहरुको प्रमुख एजेन्डा बनेको स्थानीय उद्योगी व्यवसायीहरुको भनाई छ ।
यता चुनावी साधारणसभाको मिति सार्वजनिक गरिएसंगै आकांक्षीहरुले चुनावी रणनीति बनाउन थालेका छन् । नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा व्यवसायीहरुबीच चर्चा र छलफल पनि तिब्र बनेको छ भने आकांक्षीहरुको सक्रियता पनि बढेको छ ।
सप्तरीका १८ वटै पालिकाका गरी संघमा ६ हजार ३४ सदस्य छन् । जसमध्ये नविकरण गराएका सदस्यले मात्र मताधिकार पाउने व्यवस्था गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
लागु औषधसहित  दुई पक्राउ 
लागु औषधसहित  दुई पक्राउ 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
पूर्वसांसद एवं जसपा नेता रायको निधन
पूर्वसांसद एवं जसपा नेता रायको निधन
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
शारिरीक रुपमा असक्त  भएकी पुष्पा पढ्न चाहन्छिन
वाइसिएल सप्तरीको भेला सम्पन्न 
वाइसिएल सप्तरीको भेला सम्पन्न 
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध

छुटाउनुभयो कि ?