दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तरीले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष ललितनारायण रजकको नेतृत्वमा गएको एक टोलीले सोमबार सो माग राख्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई उक्त ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा आम नागरिकको सेवासुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराइएको छ । सोही ज्ञापन पत्रमा नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुने चिन्ता व्यक्त गरिएको छ ।
संविधानको धारा, २१५ र २१६ ले गाउँ÷नगरपालिकाको अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले पाँच वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ । धारा, २१४ ले स्थानीय तहको सञ्चालन, स्थानीय कार्यकारीबाट हुने व्यवस्था गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
तत्काल स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सोही ज्ञापनपत्रमा माग समेत गरिएको छ । साथै ज्ञापनपत्रमा निर्वाचनको मिति नतोकिए लोकतन्त्र बचाउने लडाईमा पुनः एकपटक सडकमा उतार्न बाध्य हुने तथा उत्पन्न हुने परिस्थितको जिम्मेवार परमादेशबाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सम्बन्धीत निकायमा यथासिघ्र पठाउने जानकारी दिए ।
निर्वाचनको मिति चाँडो घोषणा गर्न अनेरास्ववियुको माग
सारांश
- अनेरास्ववियुका जिल्ला अध्यक्ष ललितनारायण रजकको नेतृत्वमा गएको एक टोलीले सोमबार सो माग राख्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई उक्त ज्ञापन पत्र बुझाएको छ ।
- ज्ञापनपत्रमा आम नागरिकको सेवासुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराइएको छ ।
- सोही ज्ञापन पत्रमा नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुने चिन्ता व्यक्त गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया