नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 

राजविराज राजविराज
|
बिहिबार, माघ २९, २०८२
|
|
१७ पटक हेरिएको
Shares
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 

सारांश

  •     यस क्रममा अहिले उम्मेदवारहरु आ–आफनो नेता÷कार्यकर्ताका साथ घरदैलो कार्यक्रम समेत गरिरहेका छन ।
  • कतिपय उम्मेदवारहरु मतदाताको घर र पसलमा मात्र होइन, खेतवारी, विवाह र प्रतियोगिता स्थलसम्म पुगेर मतदाता रिझाउने प्रयास गरिरहेका छन ।
  • तर कतिपय उम्मेदवारहरु फरक र अनौठो शैलीमा मतदाता रिझाउने प्रयासमा जुटेको रोचक दृष्यहरु पनि यहाँ देखिन थालेको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 

    निर्वाचनको मिति नजिकिदै जाँदा सप्तरीमा उम्मेदवारहरु नयाँ नयाँ शैलीमा प्रचार प्रसार गर्न थालेका छन् । उनीहरु प्रचार प्रसार अन्तरगत घरदैलो, भेला, भेटघाट, पत्रकार सम्मेलन, रोड शो लगायतका गतिविधी गरेर मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । 
    यस क्रममा अहिले उम्मेदवारहरु आ–आफनो नेता÷कार्यकर्ताका साथ घरदैलो कार्यक्रम समेत गरिरहेका छन । कतिपय उम्मेदवारहरु मतदाताको घर र पसलमा मात्र होइन, खेतवारी, विवाह र प्रतियोगिता स्थलसम्म पुगेर मतदाता रिझाउने प्रयास गरिरहेका छन । तर कतिपय उम्मेदवारहरु फरक र अनौठो शैलीमा मतदाता रिझाउने प्रयासमा जुटेको रोचक दृष्यहरु पनि यहाँ देखिन थालेको छ । 
    यस मध्ये एक हुन सप्तरीको क्षेत्र नं. २ मा नेपालका लागी नेपाली पार्टीका उम्मेदवार इन्द्रसागर गुप्ता । उक्त पार्टीका प्रत्यासी बनेका राजविराज ५ निवासी ४७ वर्षिय गुप्ता विहानै भोट माग्दै मतदाताको घरमा शंख बजाउदै पुग्ने गरेका छन । आफनो पार्टीको चुनाव चिन्ह शंख बोकेर मतदाताको घर÷घर पुग्नुलाई उनले दिनचर्या नै बनाएका छन । शंखको आवाज सुनेर घर बाहिर निस्कने मतदातालाई आफुलाई मतदिन आग्रहका साथ उनले नगद ५÷१० रुपैया र एक मुठ्ठि चामल समेत माग्ने गरेका छन । 
    यसरी संकलन भएको रकम र चामललाई विपन्न समुदाय तथा साधु÷सन्तलाई वितरण गरेर चुनावमा विजयीका लागी आर्शिवाद थाप्ने गरेको उनको कथन छ । यसरी मत माग्दा चुनाव चिन्हको प्रचार तथा आफनो पक्षमा माहौल बनाउन सहज भएको उनको भनाई छ ।
    घरदैलोका क्रममा हाल सम्म नगद २ हजार ५० तथा ५६ किलो चाम संकलन भएको र ती सबै साधु÷सन्त तथा विपन्न समुदायमा वितरण गरेको उनले जनाएका छन् । 
    आफु जिते मुलुकलाई हिन्दु राष्ट्र बनाउने, मठमन्दिरमा पुजारीलाई तलबको व्यवस्था गर्ने, प्रत्येक घरधुरीलाई सय युनिट सम्मको विधुत निःशुल्क प्रदान गरिने, प्रत्येक विद्यालयमा गुरुकुल शिक्षा र गौशालाको व्यवस्था तथा ज्येष्ठ नागरिकलाई वर्षमा एक पटक निःशुल्क तिर्थाटन गराउने पार्टीको घोषणा पत्रका साथ चुनावी अभियानका उनी लागेका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा १० लाख बराबरको क्षति
आगलागिमा १० लाख बराबरको क्षति
महिलाबन्दीहरूसँग अधिकारकर्मीहरूले तीज मनाए
महिलाबन्दीहरूसँग अधिकारकर्मीहरूले तीज मनाए
काँग्रेस सप्तरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
काँग्रेस सप्तरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार
प्रहरीद्वारा गोदामबाट बरामद गाजा र  पक्राउ परेका चौकीदार सार्वजनिक 
प्रहरीद्वारा गोदामबाट बरामद गाजा र  पक्राउ परेका चौकीदार सार्वजनिक 
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप