दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधिश बामदेव ज्ञवालीले स–साना मुद्दामा पनि लामो समय अदालतमा धाउनु पर्ने, बढी खर्च व्यहोर्नु पर्ने, ऋण काढेर पनि मुद्दा लड्नु पर्ने अवस्थालाई मेलमिलाप मार्फत टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने बताएका छन् ।
उच्च अदालत जनकपुर–राजविराज इजलाशको मेलमिलाप केन्द्रबाट तीन वर्षदेखी चल्दै आएको जग्गा अंश मुद्दामा मंगलबार मेलमिलाप मार्फत टुंगो लगाइएपछि मुख्य न्यायाधिश ज्ञवालीले सो कुरा बताएका हुन् ।
सर्वोच्च अदालतको पनि इजलाशबाट मुद्दाको फैसला भन्दा मेलमिलापबाटै समाधान होस् भन्ने मनसाय रहेको बताउँदै उनले तीन वर्षदेखी मुद्दामा रहेका दुबै पक्ष मेलमिलापबाट सन्तुष्ट हुँदा आफूलाई पनि खुशी लागेको बताए ।
उनले मेलमिलापबाट मुद्दाको समाधान भए समय र रकम दुबैको बचत हुने भन्दै मेलमिलापबाटै समाधान खोज्न आमनागरिक सँग आग्रह समेत गरेका छन् ।
उच्च अदालतले दिएको जानकारी अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका ९ का रुपलाल चौधरी, मनोज चौधरी तथा सप्तकोशी नगरपालिका ७ ओद्राहाका शिवनाथ चौधरी, अमलबत्ति चौधरी, रामानन्द चौधरी र निलम चौधरीबीच चल्दै आएको अंश मुद्दा २०७९ साल चैत २७ गते सप्तरी जिल्ला अदालत पुगेको थियो ।
त्यहा विवाद नटुंग्इएपछी २०८० भदौं २९ गते उक्त मुद्दा उच्च जनकपुर–राजविराज इजलाश समक्ष पुगेको थियो ।
उक्त मुद्दालाई उच्च अदालत जनकपुर–राजविराज इजलाशले मेलमिलाप केन्द्रमार्फत टुंग्याएपछी मुख्य न्यायाधिश ज्ञवालीले उक्त कार्यमा सहजकर्ताको भूमिका निर्वाह गरेकाहरुका साथै दुबै पक्षलाई फुलमाला, खादा र टिका लगाएर सम्मान समेत गरे ।
यसरी मुद्दा मेलमिलापबाट टुंग्याइएपछी अदालत परिसरमै पक्ष र विपक्ष दुबै पक्ष अंकमाल गर्दै खुशी साटासाट गरेका थिए ।
चालु आ.ब. २०८१÷८२ मा आएको मुद्दा मध्ये १ सय ३७ वटा मुद्दा मेलमिलाप केन्द्रमा पठाइएको थियो । जसमध्ये मंगलबार पहिलो मुद्दाको टुंगो लागेको रजिष्टार लोकनाथ पराजुलीले जानकारी दिए ।
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
सारांश
- उच्च अदालत जनकपुर–राजविराज इजलाशको मेलमिलाप केन्द्रबाट तीन वर्षदेखी चल्दै आएको जग्गा अंश मुद्दामा मंगलबार मेलमिलाप मार्फत टुंगो लगाइएपछि मुख्य न्यायाधिश ज्ञवालीले सो कुरा बताएका हुन् ।
- सर्वोच्च अदालतको पनि इजलाशबाट मुद्दाको फैसला भन्दा मेलमिलापबाटै समाधान होस् भन्ने मनसाय रहेको बताउँदै उनले तीन वर्षदेखी मुद्दामा रहेका दुबै पक्ष मेलमिलापबाट सन्तुष्ट हुँदा आफूलाई पनि खुशी लागेको बताए ।
- उनले मेलमिलापबाट मुद्दाको समाधान भए समय र रकम दुबैको बचत हुने भन्दै मेलमिलापबाटै समाधान खोज्न आमनागरिक सँग आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया