हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु

राजविराज राजविराज
|
आइतबार, भाद्र १, २०८२
|
|
२१ पटक हेरिएको
Shares
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु

सारांश

  •     प्रहरीका अनुसार शनिबार राति स्थानीय ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।
  •       ती दम्पतीले आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
  •       खेतमा धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले हात्ती धान नखाओस् भनेर तार तानी करेन्ट जोडेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १ भदौं । 

    सप्तरीको कञ्चनरुप नगरपालिका ५ पिपरामा हात्ति धपाउने उद्देश्यले करेन्ट लगाइएको तारमा टाँसिएर एक दम्पत्तिको ज्यान गएको छ । 
    प्रहरीका अनुसार शनिबार राति स्थानीय ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको करेन्ट लागेर मृत्यु भएको हो । 
    ती दम्पतीले आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
    खेतमा धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले हात्ती धान नखाओस् भनेर तार तानी करेन्ट जोडेका थिए । सोही करेन्ट जडित तारमा बद्रि सरदार र विमला देवी दुबै जनाको टासिएर घटनास्थलमै ज्यान गएको छ ।
    घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धरमपुरबाट प्रहरी टोली खटिएको थियो । साथै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमाण्डमा थप टोली र अपराध स्थल अनुसन्धान टोली समेत घटनास्थल पुगेको थियो ।
    स्थानीयवासीहरूले घटनापछि आक्रोश र शोक व्यक्त गरेका छन् । गाउँमा करेन्ट तानेर खेतबाली जोगाउने चलन बढ्दो रहेकाले यसले मानवीय क्षति निम्त्याउने खतरा रहेको भन्दै चाँडै नियन्त्रण गर्नुपर्ने आवाज पनि उठेको छ ।
    यसबीच, प्रहरी अनुसन्धान अघि बढाइरहेको र आवश्यक कानुनी कारबाही हुने जनाएको छ । घटनाबाट गाउँको वातावरण स्तब्ध बनेको छ भने मृतक दम्पतीका परिवार शोकमा डुबेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान
होली परम्परा धान्दै मारवाडी समुदाय
होली परम्परा धान्दै मारवाडी समुदाय
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव 
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन
वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन