दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
नेपाली सेना, प्रहरी, जनप्रतिनिधि र स्थानिय बासीले छठ पर्वको अवसरमा आइतबार राजविराज नगरक्षेत्रका विभिन्न जलाशयहरुको सरसफाई गरेका छन् ।
भिमदल गण, शसस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानियवासी मिलेर आईतबार राजविराजस्थित भगवती पोखरी, कल्टुदास पोखरी, तुरन्ती पोखरी र पुर्णी पोखरीको सरसफाई गरेका हुन् ।
छठ पर्वलाई लक्षित गरी थालिएको अभियान सोमबार पनि जारी रहने भिमदलगणका प्रमुख सेनानी एवम गणपति गुप्त बहादुर कुवरले जानकारी दिए ।
सफाई अभियानमा सेनाका साथै स्थानियदेखि नेपाल तथा सशस्त्र प्रहरी र जनप्रतिनिधि पनि सक्रिय सहभागी छन् । छठ पर्व नजिकिदा पनि सरसफाई नहुँदा यी पोखरीहरु दुर्गन्धीत र झारपातले ढाक्दै गएर कुरुप बनेको थियो ।
यता अधिकांश जलाशय छठ पर्वका बेला सरसफाई गरिएपनि त्यसपछि बर्षैभरी जलाशयहरु उपेक्षित हुने गरेकाले यसको नियमित सरसफाईमा सवैले ध्यान दिनु पर्ने राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवको भनाई छ ।
सेना, प्रहरी, जनप्रतिनिधि र स्थानियले जलाशय सरसफाई गरे
सारांश
- भिमदल गण, शसस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानियवासी मिलेर आईतबार राजविराजस्थित भगवती पोखरी, कल्टुदास पोखरी, तुरन्ती पोखरी र पुर्णी पोखरीको सरसफाई गरेका हुन् ।
- छठ पर्वलाई लक्षित गरी थालिएको अभियान सोमबार पनि जारी रहने भिमदलगणका प्रमुख सेनानी एवम गणपति गुप्त बहादुर कुवरले जानकारी दिए ।
- सफाई अभियानमा सेनाका साथै स्थानियदेखि नेपाल तथा सशस्त्र प्रहरी र जनप्रतिनिधि पनि सक्रिय सहभागी छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया