काँग्रेस बुथ सभापति खंगको निधन

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ११, २०७८
|
|
२४ पटक हेरिएको
Shares
काँग्रेस बुथ सभापति खंगको निधन

सारांश

  •     ७० वर्षिय नेता खंग केही दिनयता अस्वस्थ्य रहँदै आएकोमा बिहीबार राती ११ बजेतिर सकरपुरास्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
  •       शुक्रबार उनको पार्थिव शरीरमा काँग्रेस प्रदेशसभा “क” का सभापति महेन्द्र यादव, काँग्रेस तिलाठी  कोइलाडी गाउँपालिका समितिका सभापति अमिर झा, अंबुज सिंह, नारायण सिंह, नरेन्द्रसिंह अरुण मण्डल, हरिहर खंग लगायतले पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
  •       गाउँ नजिकैको घाटमा खंगको शुक्रबार नै अन्त्येष्टि गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ निवासी एवं सोही वडाका नेपाली काँग्रेस बुथ सभापति रामफल खंगको निधन भएको छ । 
    ७० वर्षिय नेता खंग केही दिनयता अस्वस्थ्य रहँदै आएकोमा बिहीबार राती ११ बजेतिर सकरपुरास्थित आफ्नै निवासमा उनको निधन भएको हो । 
    शुक्रबार उनको पार्थिव शरीरमा काँग्रेस प्रदेशसभा “क” का सभापति महेन्द्र यादव, काँग्रेस तिलाठी  कोइलाडी गाउँपालिका समितिका सभापति अमिर झा, अंबुज सिंह, नारायण सिंह, नरेन्द्रसिंह अरुण मण्डल, हरिहर खंग लगायतले पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । 
    गाउँ नजिकैको घाटमा खंगको शुक्रबार नै अन्त्येष्टि गरिएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव, क्षेत्रिय सभापति महानन्द यादव लगायतले सोक वक्तत्व जारि गर्दै खंगको निधनले पार्टीलाई अपूर्णिय क्षति पुगेको उल्लेखसहित गहिरो दुःख र श्रद्धाञ्जली व्यक्त गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ