पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २७, २०७६
|
|
१०२ पटक हेरिएको
Shares
पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा 

सारांश

  •     गरिब, असाय र अति बिपन्न परिवारको लागि ह्यावीट्याट फर ह्युमानिटी नेपाल र गाउँपालिकाको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र बकधुवाले नमुना सामुदायिक आवास निर्माण कार्य थालेको हो ।
  •     कम लागतमा बिपत प्रतिरोधक, सुलभ, सुरक्षित तथा दिगो आकर्षक आवास निर्माण हुने भएपछि नमुना सामुदायिक आवास निर्माण शुरु गरेको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले बताए ।
  •     २ लाख ८४ हजारमा सुबिधा सम्पन्न र सुरक्षित आवास निर्माणका लागि स्थानीय श्रोत र साधनको बढी उपयोग गरिएको महुली सामुदायिक बिकास केन्द्र बकधुवाका कार्यकारी सचिव प्रभु नारायण चौधरीले बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ भदौं । 
    सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ५० वटा नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
    गरिब, असाय र अति बिपन्न परिवारको लागि ह्यावीट्याट फर ह्युमानिटी नेपाल र गाउँपालिकाको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र बकधुवाले नमुना सामुदायिक आवास निर्माण कार्य थालेको हो ।
    कम लागतमा बिपत प्रतिरोधक, सुलभ, सुरक्षित तथा दिगो आकर्षक आवास निर्माण हुने भएपछि नमुना सामुदायिक आवास निर्माण शुरु गरेको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले बताए ।
    २ लाख ८४ हजारमा सुबिधा सम्पन्न र सुरक्षित आवास निर्माणका लागि स्थानीय श्रोत र साधनको बढी उपयोग गरिएको महुली सामुदायिक बिकास केन्द्र बकधुवाका कार्यकारी सचिव प्रभु नारायण चौधरीले बताए ।
    सामुदायिक आवासका लागि गाउँपालिकाले ७५ लाख र ह्याबिटयाट फर ह्युमानिटी नेपाले ५० लाख र बाँकी महुली सामुदायिक बिकास केन्द्रको लगानी रहेको उनले जानकरी दिए । 
    २ बिगाहा १८ कठ्ठा क्षेत्रफलमा निर्माण कार्य शुरु भएको नमुना आवास ५० परिवारका लागि १५ धुरको दरले जग्गा उपलब्ध गराएको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिएका छन् । 
    गाउँपालिका अन्तर्गतका दलित समुदाय भित्रका अति बिपन्न, असाय, एकल महिलाका ५० परिवारलाई आगामी फागुन महिनासम्म आवास हस्तान्तरण गरिने उनको भनाई छ । कम लगानीमा राम्रो सुरक्षित र आकर्षक सुबिधा सम्पन्न आवास निर्माण हुने भएकाले संस्थासँग सझेदारी गरि ६ वटै वडामा पहिलो चरनमा १० वटा बिपन्न परिवारका लागि आवास निर्माणको योजना गाउँपालिकाले ल्याएको हो ।
    आवास निर्माण कार्यलाई थप प्रभावकारी गुणस्तरीय बनाउन सुझावका लागि समय समयमा अनुगमन तथा निरीक्षण समेत गराउदै आएको महुली सामुदायिक बिकास केन्द्रले जनाएको छ । 
    आवास निर्माणको बारे शुक्रबार जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव नेतृत्वको जिल्ला स्तरीय टोलिले शुक्रबार अग्निसाईर कृष्णासवन ४ स्थित कटाहाभेडियामा अनुगमन एवं निरिक्षण गरेको छ ।
    टोलिले स्थलगत निरीक्षण गर्दै कार्यक्रमलाई निरन्तरता दिन जोड दिदै प्रशोधित बास सहितका स्थानीय सामाग्री प्रयोगले बन्ने घर जिल्लाका अन्यपालिकाहरुमा बिस्तार गर्न सरोकारवालालाई आग्रह गरेको छ । 
    निरिक्षण टोलिमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, जिल्ला समवन्य अधिकारी नवराज खड्का, ह्याबिटेट फर ह्युमानिटीका कार्यक्रम संयोजक राम प्रकाश सिंह दनुवार, सिनियर प्रजेक्ट ईन्जिनियर बिजय प्रसाद गुप्ता, कार्यक्रम अधिकृत राजिब बर्मा, सदस्य बृजमान तामाङ कृष्णा देब यादब र स्थानिय जनप्रतिनिधिले स्थलगत अनुगमन गर्दै पासा समूह, उपभोक्त समिति, आवास ब्यबस्था मुल समितिसंग भेटघाट गरि छलफल गरेको महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक लिला प्रसाद निरौलाले जानकारी दिए । 
    नमूना सामुदायिक आवास निर्माण कार्यक्रमलाई स्थानीय सरकारको ५० प्रतिशात सहयोगमा जिल्लाभर बिस्तार गर्ने योजना बनाएको संयोजक निरौलाले जानकारी समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
सप्तरीमा गाउँसभा सम्पन्न गर्ने छिन्नमस्ता पहिलो
सप्तरीमा गाउँसभा सम्पन्न गर्ने छिन्नमस्ता पहिलो
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला