दैनिक समाचारदाता
राजविराज, ७ असार ।
छिन्नमस्ता गाउँपालिको १० औं गाउँसभा बिहीबार सम्पन्न भएको छ । विगतमा यस गाउँपालिकाले समयमै गाउँसभा सम्पन्न गर्न नसकेको अरोप खेपिरहेको बेला यस वर्ष समयमै गाउँसभा सम्पन्न गरेर जिल्लामै पहिलो भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साहको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतमा सम्पन्न गाउँसभाले शिक्षा, स्वास्थ्य, कृषी, पुर्बाधार बिकास, खानेपानी, बताबरण संरक्षण, कृषि उत्पादन तथा ब्यबसायिकरण लगायतलाई प्रमुख प्राथमिकता राखेको छ ।
गाउँपालिका अध्यक्ष चौधरीले विगतमा यस पालिकामा तपसिलका विषयहरुमा ध्यान दिन नसक्दा यस पटक सोही विषयहरुलाई प्रमुखतामा राखेर काम गर्ने योजना बनाएको दृढता व्यक्त गरे । आगामी वर्षका लागि ३४ करोड ८३ लाख २३ हजारको अनुमानित बजेट गाउँसभाबाट पारित गरिएको छ ।
सप्तरीमा गाउँसभा सम्पन्न गर्ने छिन्नमस्ता पहिलो
सारांश
- जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साहको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतमा सम्पन्न गाउँसभाले शिक्षा, स्वास्थ्य, कृषी, पुर्बाधार बिकास, खानेपानी, बताबरण संरक्षण, कृषि उत्पादन तथा ब्यबसायिकरण लगायतलाई प्रमुख प्राथमिकता राखेको छ ।
- गाउँपालिका अध्यक्ष चौधरीले विगतमा यस पालिकामा तपसिलका विषयहरुमा ध्यान दिन नसक्दा यस पटक सोही विषयहरुलाई प्रमुखतामा राखेर काम गर्ने योजना बनाएको दृढता व्यक्त गरे ।
- आगामी वर्षका लागि ३४ करोड ८३ लाख २३ हजारको अनुमानित बजेट गाउँसभाबाट पारित गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया