दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।
ज्येष्ठजनसंग आशिष थापेर दुई दिने जुडशितल पर्व मनाइएको छ । मिथिलाञ्चलको साँस्कृतिक महत्व बोकेको जुडशितल पर्व विहीवार सम्पन्न भएको छ ।
आरोग्य, शीतलता र दीर्घ जीवनका लागी प्रत्येक वर्ष बैशाख २ गते मनाईने यस पर्वमा बालबालिका तथा किशोर किशोरी एक आपसमा हिलोमाटो दलेर रमाईलो गर्छन भने ज्येष्ठजनले आ–आप्mनो सन्तानको टाउकोमा शीतल जल खन्याएर आशिष दिन्छन ।
गर्मीको स्वागतमा नयाँ वर्षको प्रारम्भ संगै मनाईने दुई दिवसीय जुडद्दशितल पर्वको पहिलो दिन बुधवार “सतुवाइन” गरिएको थियो । सतुवाईनका क्रममा घरका देवी देवतालाई प्रसादका रुपमा सातु, गुड चढाएर परिवारमा खाने परम्परा रहेको छ ।
दोश्रो दिन विहीवार परिवारका ज्येष्ठ सदस्यले आपुृm भन्दा कान्छोलाई शिरमा जल राखी आर्शिवाद दिएर यो पर्व मनाएका छन ।
यता जुडशितल कै अवसरमा पोखरी तथा इनार स्थानीय युवाहरु मिली सफा गर्छन र सफा गर्दा निस्केको हिलो पानी एक आपसमा दल्ने गर्छन् । यस दिन हिलो पानीले होली खेले चर्म रोगबाट मुक्ती पाउने जनविश्वास रहेको छ ।
जुडशितलको दिन घर घरमा चुलोको समेत पुजा गरिन्छ । साँझको खाना समेत बिहानै पकाएर चुलो निभाइन्छ ।
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो
सारांश
- आरोग्य, शीतलता र दीर्घ जीवनका लागी प्रत्येक वर्ष बैशाख २ गते मनाईने यस पर्वमा बालबालिका तथा किशोर किशोरी एक आपसमा हिलोमाटो दलेर रमाईलो गर्छन भने ज्येष्ठजनले आ–आप्mनो सन्तानको टाउकोमा शीतल जल खन्याएर आशिष दिन्छन ।
- गर्मीको स्वागतमा नयाँ वर्षको प्रारम्भ संगै मनाईने दुई दिवसीय जुडद्दशितल पर्वको पहिलो दिन बुधवार “सतुवाइन” गरिएको थियो ।
- सतुवाईनका क्रममा घरका देवी देवतालाई प्रसादका रुपमा सातु, गुड चढाएर परिवारमा खाने परम्परा रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया