गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान

राजविराज राजविराज
|
बुधबार, आश्विन २६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान

सारांश

  •     पशुपंक्षि सम्बन्धी कसुर मुद्दामा सुनुवाई पश्चात् तोकिएको धरौटी रकम ३ लाख बुझाउन नसक्दा उनी कारागार चलान भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।
  •     सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार उक्त मुद्दा उपर सुनुवाई गर्दै न्यायाधिश रमेश प्रसाद ज्ञवालीको एकल इजलाशले ३ लाख धरौटी बुझाउन आदेश गरेका थिए ।
  • तर, सकुर धरौटी बुझाउन नसक्दा राजविराज कागार चलान भएको तथा उक्त मुद्दाका पाँच जना आरोपी अझै फरार छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 

    सप्तरीमा गांै हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका जिल्लाका महादेवा गाउँपालिका ४ निवासी मो. सकुर मियाँ धरौटी रकम बुझाउन नसक्दा मंगलबार कारागार चलान भएका छन् । 
    पशुपंक्षि सम्बन्धी कसुर मुद्दामा सुनुवाई पश्चात् तोकिएको धरौटी रकम ३ लाख बुझाउन नसक्दा उनी कारागार चलान भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।
    सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार उक्त मुद्दा उपर सुनुवाई गर्दै न्यायाधिश रमेश प्रसाद ज्ञवालीको एकल इजलाशले ३ लाख धरौटी बुझाउन आदेश गरेका थिए । तर, सकुर धरौटी बुझाउन नसक्दा राजविराज कागार चलान भएको तथा उक्त मुद्दाका पाँच जना आरोपी अझै फरार छन् । 
    गत भदौं २४ गते सकुरको घरमा गाई काटिएको थियो । गौ हत्या गरेको आरोपमा सोही दिन सकुर पक्राउ परे पनि अन्य पाँच जना आरोपी फरार भएका थिए । आवश्यक अनुसन्धान पश्चात् प्रहरीले ५५ वर्षिय सकुर माथी पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । 
    पक्राउ परेका सकुर माथी कडा कारवाही तथा फरार रहेका आरोपीहरुलाई पनि अविलम्ब पक्राउ गर्नु पर्ने माग गर्दै सदरमुकाम राजविराजमा दिनहुँ जसो विश्व हिन्दु परिषद् नेपाल, हनुमान आराधना मण्डल, सनातन संस्कृत नेपाल, श्रीराम हनुमान आराधना मण्डल नेपाल सप्तरी लगायतका हिन्दुवादी संघ संगठनले प्रदर्शन गर्दै आएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?