जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी

राजविराज राजविराज
|
बिहिबार, मंसिर ४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी

सारांश

  •     राजविराजस्थित पविमाबि क्रिकेट मैदानमा लालीगुराँसले पहिलो खेलमा नरेन्द्र माबिलाई ८ बिकेटले पराजित गर्दै लालीगुराँस माबि बिजयी भए भने दोस्रो खेलमा केअ माबिलाई १० बिकेट पराजित गर्दै कन्छुनरप्रताप माबि रायपुर बिजयी भएका हुन् ।
  •     पहिलो खेलमा टस जितेर लाली गुराँसले नरेन्द्र माविलाई ब्याटिङ गर्न दिएपछि १३ ओभरमा सबै बिकेट क्षतिमा ८२ रनको योगफल खडा गरेको थियो ।
  • जसमा सन्दिप मण्डल १३ रन बनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर । 

    सप्तरी क्रिकेट संघको समन्वयमा तथा सबल नेपालद्वारा आयोजित जिल्ला स्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा लालीगुराँस माबि र कन्छुनरप्रताप माबि रायपुर बिजयी भएको छन् ।
    राजविराजस्थित पविमाबि क्रिकेट मैदानमा लालीगुराँसले पहिलो खेलमा नरेन्द्र माबिलाई ८ बिकेटले पराजित गर्दै लालीगुराँस माबि बिजयी भए भने दोस्रो खेलमा केअ माबिलाई १० बिकेट पराजित गर्दै कन्छुनरप्रताप माबि रायपुर बिजयी भएका हुन् ।
    पहिलो खेलमा टस जितेर लाली गुराँसले नरेन्द्र माविलाई ब्याटिङ गर्न दिएपछि १३ ओभरमा सबै बिकेट क्षतिमा ८२ रनको योगफल खडा गरेको थियो । जसमा सन्दिप मण्डल १३ रन बनाएका थिए । बलिङतर्फ लालीगुरासका चन्दन दास ४ बिकेट, साहिद आलम, मोहम्मद तवाकरले समान्य ३÷३ बिकेट लिएका थिए ।
    जवाफमा लालीगुरासले ८ ओभर २ बलमा दुई बिकेट गुमाएर बिजयी भयो । जसमा ओेम चौधरीले ४० रन बनाएका थिए भने कृष्ण यादबले २० रन जोडेका थिए । बलिङतर्फ नरेन्द्र माविका मनिष यादब र कौशल दासले समान १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच लालीका चन्दन दास घोषित भएका सबल नेपालका राहुल सिँहले जानकारी दिए ।
    यसैगरी दोस्रो खेलमा टस जितेर कन्छुनरप्रताप माबि रायपुरले ९ ओभर ३ बलमा सबै बिकेट गुमाएर ५९ रनको योगफल खडा गरेको थियो । जसमा कृष्ण कुमार यादबले १२ रन बनाएका थिए ।
    बलिङतर्फ केअ माबि राजबिराजका लक्ष्मण बिकले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर ४ बिकेट हात पारेका थिए भने राम बिक र रूपेश रामले समान २÷२ बिकेट तथा रन्जित यादबले १ बिकेट लिएका थिए ।
    जवाफमा ६० रनको लक्ष्य लिएका केअ माविले ५ ओभरमा कुनै पनि बिकेट नगुमाई जित हात पारेको हो । टिमका लागि शिव अधिकारी र लक्ष्मण बिकले अविजित रहदै पारी खेलेपछि जित सहज भएको हो । शिव अधिकारीले ३६ रन र लक्ष्मण बिकले १० रन बनाएका थिए । 
    उक्त अवसरमा राजबिराज नगरपालिका वडा ५ का वडा अध्यक्ष बन्धुलाल दासले खेलको प्लेयर अफ दि म्याच रायपुरका लक्ष्मण बिकलाई कप प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?