जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २४, २०७९
|
|
८८ पटक हेरिएको
Shares
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार

सारांश

  •     आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०७९ असार ३२ गतेसम्म संस्थामा १ हजार २ सय ६३ पुरुष र ६ सय ६२ महिला गरि १ हजार ९ सय ५६ शेयर सदस्य आवद्ध रहेको तथा शेयर पुँजी २ करोड ६२ लाख ९९ हजार ४ सय रहेको जानकारी दिएका छन् ।
  •       उनले ५ करोड ५२ लाख ४७ हजार ३ सय १७ रुँपैया २३ पैसा बचत तथा १५ करोड ८५ लाख ३७ हजार ३ सय ४० रुँपैया ५० पैसा रकम कर्जा लगानी गरिएको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल २० करोड ६८ लाख ४३ हजार १ सय ९ रुँपैया ३ पैसा सम्पत्ति रहेको जानकारी दिए ।
  •       प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मण्डलले कोभिड १९ को दोश्रो लहरको अवधीमा संस्थाले महामारीमा समेत सेवालाई निरन्तरता दिएको तथा सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संघसंस्था एवं सदस्यहरुलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।

    जनज्योति कृषि सहकारी संस्था लि. राजविराजको ११ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । 
    आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०७९ असार ३२ गतेसम्म संस्थामा १ हजार २ सय ६३ पुरुष र ६ सय ६२ महिला गरि १ हजार ९ सय ५६ शेयर सदस्य आवद्ध रहेको तथा शेयर पुँजी २ करोड ६२ लाख ९९ हजार ४ सय रहेको जानकारी दिएका छन् । 
    उनले ५ करोड ५२ लाख ४७ हजार ३ सय १७ रुँपैया २३ पैसा बचत तथा १५ करोड ८५ लाख ३७ हजार ३ सय ४० रुँपैया ५० पैसा रकम कर्जा लगानी गरिएको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल २० करोड ६८ लाख ४३ हजार १ सय ९ रुँपैया ३ पैसा सम्पत्ति रहेको जानकारी दिए । 
    प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मण्डलले कोभिड १९ को दोश्रो लहरको अवधीमा संस्थाले महामारीमा समेत सेवालाई निरन्तरता दिएको तथा सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संघसंस्था एवं सदस्यहरुलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको जानकारी दिए । सोही अन्तरगत प्रदेश २ प्रहरी तालिम केन्द्र राजविराजमा शुद्ध खानेपानीको ट्याङ्की निर्माणको लागि आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सप्तरीलाई एक थान साउण्ड सिस्टम प्रदान गरिएको बताए । 
    प्रस्तुत प्रतिवेदनमा शेयर सदस्य, शेयर पूँजी र बचत बृद्धि, व्यवसाय केन्द्रित पुँजी परिचालन र आपतकालिन ऋण व्यवस्था, शिक्षा तालिम र सूचना, जनशक्ति व्यवस्थापन प्रविधिको उच्चतम प्रयोग र भौतिक व्यवस्थापन, सदस्य सेवा, राहत, सम्मान पुरस्कार तथा सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन व्यवसायी गुणस्तर विकास तथा प्रकाशन, बिनियम पुनर लेखन तथा कार्यविधि स्वीकृती लगायतका भावि योजना रहेको उल्लेख छ ।  
    संस्थाका अध्यक्ष मण्डलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका संचालक एवं कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा राजविराज नगरपालिका प्रमुख (निलम्बित) भिमराज यादव, मधेश प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख ओमनारायण झा, राजविराज वडा नं. ९ का अध्यक्ष जवाहर यादव, विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थाका शेयर सदस्य तथा संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
एकै दिन तीन संरचनाको शिलान्यास
एकै दिन तीन संरचनाको शिलान्यास
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित