सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १८, २०७८
|
|
४८ पटक हेरिएको
Shares
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….

सारांश

  •     निर्माण कार्यमा आवद्ध ठेकेदार कम्पनीले ढिलाई तथा निर्माण भइसकेका सडकको पानीले निकास पाउन नसक्दा जिल्लाका अधिकांश सडकमा अहिले पानी जम्नुका साथै हिलोमय हुँदा पैदल हिड्न र सवारीसाधन संचालनमा समस्या भएको छ ।
  •       सडकको विभिन्न स्थानमा खाल्डा खुल्डी तथा पानी र हिलो जमेर आवागमन कष्टकर बन्नुका साथै सवारी दुर्घटना हुने सम्भावना समेत बढेको छ ।
  •       लगातार दुई दिनदेखी भइरहेको वर्षाका कारण जिल्ला सदरमुकाम राजविराज–रुपनी, राजविराज–तिलाठी, पातो–कठौना, महदेवा–पकरी, भारदह–बरमझिया लगायत हुलाकी सडकखण्डको अवस्थता अत्यन्त कहालिलाग्दो रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ असार । 
    सप्तरीका अधिकांश सडकको अवस्था वेहाल भएको छ । जिर्ण सडकको मर्मत तथा नयाँ सडकको निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा सडकहरु वर्षायाममा हिलम्मे भएको छ । 
    निर्माण कार्यमा आवद्ध ठेकेदार कम्पनीले ढिलाई तथा निर्माण भइसकेका सडकको पानीले निकास पाउन नसक्दा जिल्लाका अधिकांश सडकमा अहिले पानी जम्नुका साथै हिलोमय हुँदा पैदल हिड्न र सवारीसाधन संचालनमा समस्या भएको छ । 

    सडकको विभिन्न स्थानमा खाल्डा खुल्डी तथा पानी र हिलो जमेर आवागमन कष्टकर बन्नुका साथै सवारी दुर्घटना हुने सम्भावना समेत बढेको छ । 
    लगातार दुई दिनदेखी भइरहेको वर्षाका कारण जिल्ला सदरमुकाम राजविराज–रुपनी, राजविराज–तिलाठी, पातो–कठौना, महदेवा–पकरी, भारदह–बरमझिया लगायत हुलाकी सडकखण्डको अवस्थता अत्यन्त कहालिलाग्दो रहेको छ । 
    यस्तै राजविराज नगरपालिकाको मुख्य बजारसहित विभिन्न वडाका सडकहरुमा वर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । नाला निर्माण भइसकेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरको अदालत रोड, सिरहा रोड, हिमालय टोल, कुनौली सडक लगायतका सडक जलमग्न भई आवागमन कष्टकर बनेको छ । 
    यस्तै कठौना–पातो, भारदह–बरमझियाबीचको सडक धान रोप्ने खेत जस्तै भएको छ । कठौना–पातो सडक खण्डमा अधिकांशले चप्पल जुत्ता हातमा लिएर ओहोर–दोहोर गर्छन् । बाहिरबाट आएकाहरु पनि चप्पल जुत्ता हातमै बोकेर ओहोर दोहोर गर्ने तथा गाउँमा अत्यावश्यक गाडी ओहोर दोहोर गर्न नसकेको स्थानियवासी महेन्द्र सदा बताउँछन् । 
    महदेवा–पकरी सडक खण्डको अवस्था पनि उस्तै छ । सडकभरी हिलो नै हिलो छ । वर्षेणी वर्षायाममा उत्पन्न हुने यस्तो समस्याको स्थायी समाधान खोज्न सम्बन्धीत पालिकासँग स्थानियले माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
पोखरीमा डुबेर पाँच वर्षिय बालकको ज्यान गयो
पोखरीमा डुबेर पाँच वर्षिय बालकको ज्यान गयो
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?