दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले शिक्षा क्षेत्र सुधारका लागि तत्काल शिक्षक दरवन्दी ल्याउने बताएका छन् ।
विजया दशमी दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा मधेसको शैक्षिक अवस्था सम्बन्धि बिहीबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले शिक्षकको अभावमा शिक्षा क्षेत्र झन धरापमा परेकोले शिक्षक परिपूर्ति गर्न एकदमै आवश्यक रहेको जोड दिए । मधेसको सबै भाग साक्षर बनाउने यसपालिको नीति तथा कार्यक्रममा राखिएकोले धरातल बेस मानेर नीति ल्याएको उनले जानकारी समेत दिए ।
प्रदेश स्तरीय नमुना बिद्यालय बनाउने वजेटमा ल्याईएको जानकारी दिदै उनले संघीय सरकारले शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरिरहेकोले पनि शिक्षा क्षेत्र पछाडि परेको अनुभुुति भएको उल्लेख गरे । आधुनिक शिक्षा श्रृजनात्मक र अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षा प्रतिस्पर्धात्मक हुनुपर्ने उनको जोड थियो ।
कार्यक्रमका विशिष्ट अतिथि निर्वाचन आयोगका पूर्वआयुक्त डा. अयोधी प्रसाद यादवले नयाँ शिक्षा नीति ल्याएर व्यबहारमा कार्यान्वयन गर्नसके मात्र शिक्षा क्षेत्रले फड्को मार्ने बताए ।
कार्यक्रममा श्री जमावि बेतहा भवानीपुर सिरहाका प्र. अ. रामविलास यादवले मधेस प्रदेशको शैक्षिक अवस्था एक विश्लेषण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा कार्यपत्रको विषयमा टिप्पणी अमरकान्त झाले गरेका थिए ।
कार्यक्रममा राजश्री जनक विश्वविद्यालयका उपकुलपति प्राडा अमर यादव, म.वि.व क्याम्पसका प्रमुख राजिव मिश्र, पूर्व क्याम्पस प्रमुख अमरकान्त झा, पूर्व सांसद लक्ष्मी कुमारी चौधरी, म.वि.व क्याम्पसका पूर्व स्ववियु सभापति केदार यादव, जिल्ला वारका पूर्व अध्यक्ष डोमन साह लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
प्रज्ञा प्रतिष्ठानका सदस्य डा. सूर्य प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत पत्रकार सुधा देवले दिएकी थिईन् । कार्यक्रमको आयोजना बौद्धिक सहयोगी हातले गरेको थियोे ।
शिक्षा क्षेत्र सुधारका लागि तत्काल शिक्षक दरबन्दी ल्याउने ः शिक्षा मन्त्रि यादव
सारांश
- विजया दशमी दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा मधेसको शैक्षिक अवस्था सम्बन्धि बिहीबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।
- कार्यक्रममा उनले शिक्षकको अभावमा शिक्षा क्षेत्र झन धरापमा परेकोले शिक्षक परिपूर्ति गर्न एकदमै आवश्यक रहेको जोड दिए ।
- मधेसको सबै भाग साक्षर बनाउने यसपालिको नीति तथा कार्यक्रममा राखिएकोले धरातल बेस मानेर नीति ल्याएको उनले जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया