दैनिक समाचारदाता
राजविराज, १ पुस ।
सप्तरीको सुरूङा नगरपालिका वडा नं. ७ हरिपुरमा दलित, जेहेन्दा र एकल परिवारका बालबालिकाका लागि उच्च शिक्षा हासिल गर्ने उद्देश्यले बाल अक्षयकोष स्थापना गरिएको छ ।
समुन्नति कार्यक्रम अन्तर्गत नवजागृती सहकारी संस्था लि.मा उक्त बाल अक्षयकोष स्थापना गरिएको हो ।
नगर कार्यक्रम सल्लाहकार समितिद्धारा मंगलबार नगर नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमन पश्चात् बसको समिक्षा बैठकमा सो सहकारी संस्थाले यसरी अक्षयकोष स्थापना गरेर बालबालिकाको पढाईलाई प्राथमिकतामा राखेको कार्यप्रति प्रशंसा गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले ५ लाख ६५ मुल्य बराबरको अक्षयकोष स्थापना गरि उक्त आम्दानी गरिएका पैसाबाट गरिब, जेहेन्दार र एकल महिलाका छोरा÷छोरीलाई पढाईमा १० प्रतिशत खर्च गर्ने गरेका छन् ।
सहकारी संस्था लि.का प्रबन्धक नारायण प्रसाद साहका अनुसार २०७५ सालमा यस वर्षको बार्षिक साधारणमा ६५ हजार थप सहयोग गरेको रकमबाट वडा नं. ६ देखि ११ सम्मका बालबालिकाको लागि पढाई खर्च जुटाउन ५ लाखको अक्षयकोष स्थापना गरेपछि दलित, टुहुरा, असहाय बिपन्न परिवारका ७ जना छात्र÷छात्रालाई मासिक रुपमा तीन सयका दरले आएको ब्याज वापत पढाई खर्च दिने गरिएको छ ।
अनुगमनकै क्रममा वडा नं. ९ स्थित जनता आधारभुत बिधालय प्रमाणपुर तथा मुसहरनियाँ अधारभुत बिधालय समसेरपुरमा सबल नेपालले बिधालयको गुणस्तरिय शिक्षामा टेवा पुरयाउन शैक्षिक सामग्री, रंगरोवन, शौचालय निर्माण, हरित बिधालय निर्माणमा गरेको सहयोग वारेमा अनुगमन गरी आबश्यक सल्लाह र सुझाव दिएको अनुगमन समितिका सदस्य तथा वडा ४ का अध्यक्ष देवेन्द्र चौधरीले जानकारी दिए ।
नगरपालिका उपप्रमुख रूद्र बहादुर कार्की, वडा ४ का देवेन्द्र चौधरी, समाजिक बिकास संयोजक, ७ का शिवनारायण चौधरी, कृषि शाखा रोशन चौधरी, स्वास्थका भूषण सुनरैत, दशन चौधरी, शिक्षा प्रमुख हिरालाल राणा, नगर बाल संजाल अध्यक्ष देव साह, प्रणिशा पाण्डे, सबल नेपालका फिल्ड संयोजक अशोक कुमार साह, राधेश्यम राम, अनुगमन संयोजक चन्दन चौधरी, पत्रकार चन्दन कुमार यादब, महेश सिंह, सहितका सहभागिता रहेको थियो ।
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
सारांश
- समुन्नति कार्यक्रम अन्तर्गत नवजागृती सहकारी संस्था लि.
- मा उक्त बाल अक्षयकोष स्थापना गरिएको हो ।
- नगर कार्यक्रम सल्लाहकार समितिद्धारा मंगलबार नगर नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमन पश्चात् बसको समिक्षा बैठकमा सो सहकारी संस्थाले यसरी अक्षयकोष स्थापना गरेर बालबालिकाको पढाईलाई प्राथमिकतामा राखेको कार्यप्रति प्रशंसा गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया