उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी

राजविराज राजविराज
|
सोमबार, आषाढ २५, २०८०
|
|
६६ पटक हेरिएको
Shares
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी

सारांश

  •     राजविराज नगरपालिका मार्फत गरिएको विभिन्न विकास निर्माण कामको भुक्तानी नपाएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
  •     कार्यालयको मुल गेट मै टायर बालेर धर्नामा वसेका आन्दोलनकारीहरुले पाउनु पर्ने रकम अविलम्ब उपलब्ध गराउनु पर्ने एक सुत्रिय माँग अघि सारेका छन् ।
  •       सडक, सामुदायीक भवन, मठमन्दिर, पोखरीघाट प्रवेशद्वारा, विद्यालय भवन, नाला निर्माण लगायतका योजनामा काम गरेवापतको भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै आक्रोशित बनेका उनीहरुले अनिश्चितकालन तालाबन्दी गर्नुका साथै नाराबाजी गर्दै धर्नामा समेत बसेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २५ असार । 

    उपभोक्ता समितीका पदाधीकारीहरुले सोमवार राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 
    राजविराज नगरपालिका मार्फत गरिएको विभिन्न विकास निर्माण कामको भुक्तानी नपाएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
    कार्यालयको मुल गेट मै टायर बालेर धर्नामा वसेका आन्दोलनकारीहरुले पाउनु पर्ने रकम अविलम्ब उपलब्ध गराउनु पर्ने एक सुत्रिय माँग अघि सारेका छन् । 
    सडक, सामुदायीक भवन, मठमन्दिर, पोखरीघाट प्रवेशद्वारा, विद्यालय भवन, नाला निर्माण लगायतका योजनामा काम गरेवापतको भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै आक्रोशित बनेका उनीहरुले अनिश्चितकालन तालाबन्दी गर्नुका साथै नाराबाजी गर्दै धर्नामा समेत बसेका छन् । 
    नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख प्रशासकिय अधिकृत धर्मानन्द जोशी तथा कर्मचारी लगायतले आफ्ना नजिकका मानिसहरुले गरेको कामको समय मै अनुगमन गरी भुक्तानी दिएपनि आफुहरुको भुक्तानी नदिएर रकम फ्रिज गराउन खोजेको विभिन्न उभोक्ता समितीका पदाधीकारीहरुले आरोप लगाएका छन् । 
    उपभोक्ता समितीका अध्यक्ष विनोद यादवले भने, “मैले गरेका कामको फायल कार्यवाहक नगरपालिका प्रमुख परविन, प्रमुख प्रशासकिय अधिकृत जोशी र योजना तथा लेखा फाँटका कर्मचारीलाई ५ दिन अघि नै दिएर पटक पटक अनुगमनका लागी आग्रह गरे तर, अन्तिम समयमा आएर अनुगमन नै नभएको भन्दै भुक्तानी रोकेर दुख दिने काम भएको छ ।”
    आफुहरुको भुक्तानी नहुन्जेल सम्म कार्यालयको तालावन्दी र धर्ना यथावत रहने अर्का उपभोक्ता समितीका पदाधिकारी लक्ष्मण यादवले बताए ।
    समय मै काम गरिदिदा पनि भुक्तानी नहुदा आफुहरुले सुन चाँदी र जग्गा नै धितो राखेर उधारो लिएको निर्माण समाग्रीको भुक्तानी गर्नु पर्ने अवस्था आएको उपभोक्ता समितीका पदाधिकारीहरुले गुनासो गरेका छन् । 
    कार्यवाहक नगरप्रमुख र कर्मचारीहरुले आफनो आसेपासे र मागे अनुसारको कमिशन दिएकाहरुको रकम भुक्तानी तत्कालै दिएको तर आफुहरुले कमिशन नदिएकै कारण रकम फ्रिज गराउन खोजेको अधिकाँश उपभोक्ता समितीका पदाधिकारीरुले गुनासो गरेका छन् । 
    नगरपालिकाका योजना अधिकृत मनोज यादवले सरवरले ठिक सँग काम नगरेको तथा कर्मचारी –कर्मचारीबीच समन्वयको अभावले गर्दा समयमा भुक्तानी हुन नसकेको लाचारी सुनाए । 
    कार्यवाहक नगरप्रमुख परविनले ढिलो गरी कागजात ल्याएको, कतिपयको काम अधुरो रहेको र कतिपयले अन्तिम समयमा मात्र फायल पेश गरेकाले सबै ठाँउमा अनुगमन गर्न सम्भव नभएका कारण भुक्तानी दिन समस्या भएको बताइन् । उनले भुक्तानी रोकिएकाहरुको समस्याबारे आफु पुर्ण जानकार रहेको र समाधानका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाएकी छ्नि । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान
सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
प्रभातफेरी गर्दै भ्रमण बर्षको शुभारम्भ
प्रभातफेरी गर्दै भ्रमण बर्षको शुभारम्भ
ज्यान मुद्दाका फरार प्रतिवादी बिस वर्षपछि पक्राउ 
ज्यान मुद्दाका फरार प्रतिवादी बिस वर्षपछि पक्राउ 
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?