सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर

राजविराज राजविराज
|
मंगलबार, माघ १, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर

सारांश

  •     हुलाकी सडक खण्ड अन्तरगत सप्तरीको बोदेबर्साइन नगरपालिका ५ स्थित विद्युत प्राधिकरण कार्यालय नजिकै बिहान राजविराज नगरपालिकाको स.
  • १झ.
  • ४८१ नम्बरको स्कारपियोको ठक्करबाट मोटरसाइकल सवार दुई जना गम्भिर घाइते भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १ माघ । 

    सार्वजनिक बिदाका दिन मंगलबार राजविराज नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते भएका छन् । 
    हुलाकी सडक खण्ड अन्तरगत सप्तरीको बोदेबर्साइन नगरपालिका ५ स्थित विद्युत प्राधिकरण कार्यालय नजिकै बिहान राजविराज नगरपालिकाको स.१झ. ४८१ नम्बरको स्कारपियोको ठक्करबाट मोटरसाइकल सवार दुई जना गम्भिर घाइते भएका हुन् । 
    घाइते हुनेहरुमा को.३०प. २७३७ नम्बरको मोटरसाइकल चालक बोदेबर्साइन नगरपालिका १ निवासी १५ वर्षिय राजेशकुमार यादव र मोटरसाइकलको पछाडी सवार सोही वडा निवासी २० वर्षिय अमितकुमार यादव छन् । 
    दुबै जनालाई स्थानीय जिवन ज्योती अस्पतालमा प्रारम्भिक उपचारपछी थप उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । 
    यस्तै दुर्घटनामा नगरपालिकाको गाडीको अग्रभाग तथा मोटरसाइकलको पुरै भाग क्षतिग्रस्त भएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार बिहान १० बजेतिर भएको घटना लगत्तै भागेको गाडीलाई प्रहरीले एक किलोमिटर टाढा चन्हीबाट नियन्त्रणमा लिएको थियो । 
    गाडीका चालक बिनोद साहले चलाइरहेको उक्त गाडीमा राजविराज नगरपालिकाका एक वडा अध्यक्षसहित चार पाँच जना सवार रहेको र तिब्र गतिका कारण साइड दिने क्रममा अनियन्त्रित भई मोटरसाइकलमा ठोकिन पुगेको स्थानीयको भनाई छ । घटनापछी चालक गाडीबाट फरार भएको र उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?