१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए

राजविराज राजविराज
|
मंगलबार, पौष २७, २०७८
|
|
५० पटक हेरिएको
Shares
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए

सारांश

  •     स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जिल्लामा मंगलबारसम्ममा १८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।
  • पूर्ण खोप १५ प्रतिशतले अझै लिएका छैनन् ।
  •       उनले जिल्लामा हालसम्म करिब ६ लाख खोप प्रांप्त भएको र खोप दिने काम अझै जारि रहेपनि सर्वसाधारणमा खोपप्रतिको आकर्षण घटेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 
    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन सप्तरीमा उच्च सतर्कता अपनाएको छ । 
    स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जिल्लामा मंगलबारसम्ममा १८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाएको जानकारी दिएका छन् । पूर्ण खोप १५ प्रतिशतले अझै लिएका छैनन् । 
    उनले जिल्लामा हालसम्म करिब ६ लाख खोप प्रांप्त भएको र खोप दिने काम अझै जारि रहेपनि सर्वसाधारणमा खोपप्रतिको आकर्षण घटेको बताए । 
    सुरु सुरुमा खोप केन्द्रमा भिड व्यवस्थापन गर्न गाहे भएकोमा अहिले खोजिखोजि लगाउनु पर्ने अवस्था छ उनले भने । खोपसहित वडा वडामा स्वास्थ्यकर्मीको टोली खटिएपनि खोप लिन आउनेको संख्यामा निकै कमी देखिन थालिएको उनको भनाई छ । 
    मंगलबारसम्ममा सप्तरीका १८ वटै स्थानिय तहका स्वास्थ्य चौकीहरुमा २५ हजार खोप स्टकमा रहेको जानकारी दिदै खोप लिन बाँकी रहेकाहरुलाई खोप लिन सचेत गराइरहेको बताए । 
    यता गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जित झाले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन आवश्यक तयारी गरिएको बताएका छन् । 
    उनले अस्पताल परिसरमै अक्सिजन प्लान्टको स्थापना गरि उत्पादन सुरु गरिसकेको बताए । उक्त प्लान्टबाट २४ घण्टामा ९० देखी १ सय २५ सिलिण्डरसम्म उत्पादन हुने भएकोले उक्त उत्पादनले कोरोनाका बिरामीका लागि अक्सिजन पर्याप्त हुने उनको दाबी छ । यस बाहेक लिक्विड अक्सिजन ट्याङ्क, भेन्टिलेटर, आइसियु लगायतका पूर्वाधार पनि तयारी अवस्थामा राखिएको उनले बताए । 
    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिरहेकाले सीमानाकामा कडाई गर्न र हेल्थ डेस्क मार्फत स्वास्थ्य परिक्षण लगायतका गतिविधी प्रभावकारी ढंगले अघि बढाउन सरोकारवालाले निकायले ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखी स्थानिय तहका कर्मचारी आन्दोेलनमा 
आजदेखी स्थानिय तहका कर्मचारी आन्दोेलनमा 
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
मारवाडी यूवाद्वारा बृक्षारोपण
मारवाडी यूवाद्वारा बृक्षारोपण
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन