दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलहरुमा कोईलाडी र मंसापुर बिजय भएका छन ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउपालिकाको आयोजनामा संचालित क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कोईलाडीले लौनियालाई ३८ रनले तथा मंसापुरले को. मधेपुरालाई ३ बिकेटले पराजित गरेको हो ।
पहिलो खेलमा टस जितेर लौनियाले कोईलाडीलाई ब्याटिङ गर्दै १७ ओभरमा २ बिकेट गुमाई १ सय २७ रनको योगफल खडा गरेको थियो । जसमा प्रमेश्वर ५२ रन तथा गुडु २७ रन जोडेका थिए । यता बलिङतर्फ लौनियाका सुरेश कुमार रामले १ बिकेट हात पारेका थिए ।
जवाफमा लौनियाँले निर्धारित १७ ओभर खेल्दै ९ बिकेट गुमाएर ८९ रन मै सिमित भयो । टिमका लागी शिवसुन्दर मण्डल २६, मिधलेश मण्डलले १५ रन बनाएका थिए । यस्तै बलिङतर्फ कोईलाडीका गुडुले ४ बिकेट, सरोज २ तथा रोहित सिँह, रोबिन सिँह, जुगनुले १÷१ बिकेट हात पारेका थिए । खेलको म्यान अफ द म्याच गुडु घोषित भएका थिए ।
यसैगरी सोमबारै सम्पन्न दोस्रो खेलमा को. बरसाईनले १९ ओवर ५ बल खेलेर १ सय ७ रनको योगफल खडा गरेको थियो । जसमा राहुल सानी २२ राजेश दास १९ दिपेश सरदार १५ रन बनाएका थिए । बलिङतर्फ मन्सापुरका महेश मण्डलले ४ ओभरमा १९ रन दिएर ५ बिकेट हात पारेका थिए भने अजय मरिक ३, देवकि नन्दन २ बिकेट हात पारेका थिए ।
जवाफमा मंसापुरले १४ ओभर २ बलमा ७ बिकेट गुमाई बिजयी हासिल गरेका थिए । जसमा धिरज मण्डल अविजित ३८ सुबोध मण्डलले १८ रन बनाए पछि जितका लागि सहज बनेको थियो । बलिङतर्फ मन्सापुरका दिपेश सरदार, सुभाष शर्माले २ तथा विशाल शर्माले १ बिकेट हात पारेका थिए । खेलको म्यान अफ द म्याच महेश मण्डल घोषित भएको आयोजक समितिका संतोषचन्द्र सिंहले दिए ।
कोईलाडी र मन्सापुर बिजयी
सारांश
- सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउपालिकाको आयोजनामा संचालित क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कोईलाडीले लौनियालाई ३८ रनले तथा मंसापुरले को.
- मधेपुरालाई ३ बिकेटले पराजित गरेको हो ।
- पहिलो खेलमा टस जितेर लौनियाले कोईलाडीलाई ब्याटिङ गर्दै १७ ओभरमा २ बिकेट गुमाई १ सय २७ रनको योगफल खडा गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया