दैनिक समाचारदाता
काठमाडौं, १९ माघ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । यसअघि गएको बिहीवार पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेका थियो ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ८९ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ६ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा चार हजार एक सय ४५ जनाको पीसीआर परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य
सारांश
- नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ ।
- पछिल्लो २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ८९ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ६ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया