दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
पोषण सप्ताह २०८० अन्र्तगत सेभ द सप्तरीले आफ्ना कार्यक्षेत्रमा पर्ने सम्पुर्ण समुदायिक बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन गरेको छ ।
सेभ द चिल्ड्रेन÷सेभ द सप्तरीको प्राबिधिक सहयेगमा नगरपालिका÷गाउँपालिका तथा बिद्यालयको आयोजनामा जिल्लाको राजविराज नगरपालिका वडा नं. १, ५, १४, १५ र १६ वडा तथा छिन्नमस्ता, बिष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाको प्रत्येक समुदायिक बिद्यालयमा अहिले पोषण सप्ताह अन्र्तगतका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ ।
नेपाल सरकारले मनाउदै आएको कार्यक्रम अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गते सम्म संचालन रहने पोषण सप्ताह कार्यक्रम करिब ६३ वटा समुदायिक बिद्यालयमा अहिले हर्ष उल्लास तथा उत्साहपुर्णरुपमा भइरहेको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिए ।
पोषण सप्ताह अन्र्तगत पहिलो दिन पोषण सामग्री प्रर्दशनी, दोश्रो दिन बिद्यालय तथा अभिभावकहरुको लागि पोषणयुक्त खाद्य सामग्रीको उचित प्रयोग सम्बन्धि कक्षा संचाल गरिएको छ ।
यस्तै तेश्रो र चौथो दिन बिहीबार कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुको आँखा, कान र दातको जाँच तोल मापन गरि उमेर अनुसार बृद्धिबिकास भए नभएका छुट्याइएको र सम्पुर्ण १ कक्षादेखि १० सम्मका बिद्याथीहरुलाई जुकाको औषधी खुवाई चौथो दिन सम्म पोषण सप्ताहको कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यस्तै छिन्नमस्ता गाउँपालिकामा समुदायिक तथा निजी बिद्यालयमा समेत स्थानिय स्वास्थ्य चौकीक स्वास्थ्य कर्मचारी समेत खटाइएपछि कार्यक्रममा बिद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको छ ।
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
सारांश
- सेभ द चिल्ड्रेन÷सेभ द सप्तरीको प्राबिधिक सहयेगमा नगरपालिका÷गाउँपालिका तथा बिद्यालयको आयोजनामा जिल्लाको राजविराज नगरपालिका वडा नं.
- १, ५, १४, १५ र १६ वडा तथा छिन्नमस्ता, बिष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाको प्रत्येक समुदायिक बिद्यालयमा अहिले पोषण सप्ताह अन्र्तगतका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ ।
- नेपाल सरकारले मनाउदै आएको कार्यक्रम अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गते सम्म संचालन रहने पोषण सप्ताह कार्यक्रम करिब ६३ वटा समुदायिक बिद्यालयमा अहिले हर्ष उल्लास तथा उत्साहपुर्णरुपमा भइरहेको सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया