खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो

राजविराज राजविराज
|
आइतबार, भाद्र ८, २०८२
|
|
७६ पटक हेरिएको
Shares
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो

सारांश

  •     गाउँपालिकाको वडा नं.
  • १ तिलाठी र वडा नं.
  • २ लौनियाँका झण्डै ५ सय विगहा खेतमा यसरी सिंचाइ पुगेको गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ भदौ । 

    पर्याप्त वर्षा नहुँदा खडेरीको सामना झेल्न बाध्य सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका किसानहरुलाई सहज सिचाई उपलब्धका लागि खाँडो खोलाको पानी बाँध बाँधेर खेतमा पु¥याइएको छ । 
    गाउँपालिकाको वडा नं. १ तिलाठी र वडा नं. २ लौनियाँका झण्डै ५ सय विगहा खेतमा यसरी सिंचाइ पुगेको गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिएका छन् ।
    उनका अनुसार ती क्षेत्रफलमा सिचाई पु¥याउनका लागि स्थानीयवासी र वडा कार्यालयको आग्रहमा गाउँपालिकाबाट व्यवस्थापन गरिएको छ । “पाँच दिनको प्रयासमा खाँडो खोलाको पानीलाई खेतमा पु¥याउन डेढ सय मिटर जति लामो बाँध निर्माण गरिएको छ ।” उनले थपे, “अहिले खेत खेतमा पानी पुगेपछी किसानहरुको खेतमा पानीको अभाव समाप्त भएको छ र सम्पूर्ण खेतमा हरियाली छाएको छ भने किसानको मुहारमा खुशियाली आएको छ ।”
    गाउँपालिकाको विपद् व्यवस्थापन शाखा र सम्बन्धित वडाको संयुक्त पहलमा खाँडो खोलामा अस्थायी बाँध निर्माण गरी खेतमा पानी पु¥याइएको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए । 
    उनका अनुसार करिब पाँच सय विघा खेतमा लगाइएको धानबालीलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ । “खोलामा खेर गइरहेको पानीलाई नियन्त्रण गरी खेतमा पु¥याउँदा किसानले राहत अनुभव गरेका छन्,’’ उनले भने ।
    यसअघि लामो समयसम्म वर्षा नहुँदा खेत सुक्न थालेका थिए । सिंचाइका लागि प्रयोग हुने ट्युबवेल र बोरिङमासमेत पानी नआएपछि किसान गम्भीर संकटमा परेका थिए । 
    यस्तो अवस्थामा खोलाको पानी खेतमा पुगेपछि धानबालीले नयाँ जिवन पाएको वडा नम्बर २ का वडाअध्यक्ष कमल मंडलले बताए । अब यो दुइटा वडामा खडेरीको प्रभाव पर्ने छैन उनको कगन छ ।
    उनका अनुसार खडेरीका कारण पीडित किसान अहिले हर्षित भएका छन् । धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाएको स्थानीय किसानले बताएका छन् । बाँध निर्माणपछि त्यसको संरक्षण गर्न त्यहाँका किसानहरुलाई जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
सरकारविरुद्घ काँग्रेसको राजविराजमा विशाल प्रदर्शन
सरकारविरुद्घ काँग्रेसको राजविराजमा विशाल प्रदर्शन
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय