आप्रवासी कामदारहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

राजविराज राजविराज
|
आइतबार, चैत्र १५, २०७७
|
|
१८ पटक हेरिएको
Shares
आप्रवासी कामदारहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

सारांश

  •     तालिममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत रामप्रमेश मण्डल र सप्तरी सामुदायिक विकास केन्द्र नेपालका परियोजना संयोजक राजेन्द्र यादवले सहजिकरण गरेका थिए ।
  •       सोही तालिमका सहभागि मध्ये जितेन्द्र प्रसाद सिन्हाको अध्यक्षतामा ११ सदस्यीय आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरी गठन गरेको छ ।
  •       गठित समितिको उपाध्यक्षमा राधा नेपाल, सचिवमा दिलिप कुमार यादव, सहसचिवमा सृजना हमाल, कोषाध्यक्षमा दुर्गा भट्राई तथा सदस्यहरुमा राजकुमार यादव, दुर्गानन्द चौधरी, सोनियादेवी पासवान, शोभाकान्त साह, भगमिनदेवी मुखिया र ज्ञानेन्द्र कुमार मण्डल चयन भएका छन् ।

    राजविराज/आप्रवासी कामदारहरुको दुई दिने क्षमता अभिबृद्धि तालिम शनिबार राजविराजमा सम्पन्न भएको छ । 
    आप्रवासी कामदार र तीनका परिवारलाई आफ्नो हकअधिकार सुनिश्चितताका लागि संगठन बिस्तार गरी जिल्लाको १८ वटै पालिकामा संगठन बिस्तार गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । 
    सप्तरी सामुदायिक विकास केन्द्र नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षत तथा राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा आप्रवासी कामदार तथा तीनका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । 
    तालिममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत रामप्रमेश मण्डल र सप्तरी सामुदायिक विकास केन्द्र नेपालका परियोजना संयोजक राजेन्द्र यादवले सहजिकरण गरेका थिए । 
    सोही तालिमका सहभागि मध्ये जितेन्द्र प्रसाद सिन्हाको अध्यक्षतामा ११ सदस्यीय आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरी गठन गरेको छ । 
    गठित समितिको उपाध्यक्षमा राधा नेपाल, सचिवमा दिलिप कुमार यादव, सहसचिवमा सृजना हमाल, कोषाध्यक्षमा दुर्गा भट्राई तथा सदस्यहरुमा राजकुमार यादव, दुर्गानन्द चौधरी, सोनियादेवी पासवान, शोभाकान्त साह, भगमिनदेवी मुखिया र ज्ञानेन्द्र कुमार मण्डल चयन भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?