दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
गौं हत्या जस्ता जघन्य अपराधका दोषिमाथी कडा कारवाहीको माग गर्दै बुधबार माँ वैष्णवकाली सेवा समिति राजविराज, सदगुरु कवीर ज्ञान प्रचार संघ र चित्रगुप्ता सेवा समिति सप्तरीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई बुझाइएको ज्ञापनमा हिन्दुहरु गाईलाई आमाको रुपमा पुजा गर्ने भएकाले हिन्दुहरुको आस्थामाथी खेलवाड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याई न्याय सम्वत कारवाही गर्नु पर्ने उल्लेख छ ।
गौं हत्या जस्तो जघन्य अपराधले हिन्दुमाथीको आस्था एवं भवनामा गम्भिर चोट पु¥याएको भन्दै गृह मन्त्रालय समेतलाई बोदार्थ गरिएको ज्ञापनमा नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौं हत्या एवं गौं तस्करीमा संलग्न अपराधीलाई बचाउन खोज्ने तत्वलाई समेत कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।
सप्तरीको महदेवा गाउँपालिका ४ बलियाका सकुर मियाँ र उनका छोरा इलियास मियाले गत शुक्रबार एक बाच्छीलाई मारेका थिए । सो अभियोगमा सकुर मियाँलाई प्रहरीले पक्राउ गरेको छ भने उनका छोरा अझै फरार छन् ।
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
सारांश
- प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई बुझाइएको ज्ञापनमा हिन्दुहरु गाईलाई आमाको रुपमा पुजा गर्ने भएकाले हिन्दुहरुको आस्थामाथी खेलवाड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याई न्याय सम्वत कारवाही गर्नु पर्ने उल्लेख छ ।
- गौं हत्या जस्तो जघन्य अपराधले हिन्दुमाथीको आस्था एवं भवनामा गम्भिर चोट पु¥याएको भन्दै गृह मन्त्रालय समेतलाई बोदार्थ गरिएको ज्ञापनमा नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौं हत्या एवं गौं तस्करीमा संलग्न अपराधीलाई बचाउन खोज्ने तत्वलाई समेत कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।
- सप्तरीको महदेवा गाउँपालिका ४ बलियाका सकुर मियाँ र उनका छोरा इलियास मियाले गत शुक्रबार एक बाच्छीलाई मारेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया